Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविर

एनसेल फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं । एनसेल फाउन्डेसनले कपिलवस्तु नगरपालिका, वडा नं ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत फाउन्डेसनले सोमबार सो शिविर सञ्चालन गरेको हो ।

शिविरमा चार सयभन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोग तथा स्त्री रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञसँग परामर्शलगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । साथै, शिविरमा सहभागीहरूलाई परामर्शअनुसारको आवश्यक निःशुल्क औषधिहरू पनि वितरण गरिएको थियो ।

एनसेल फाउन्डेसनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै, एनसेल फाउन्डेसनले कपिलवस्तुका अन्य दुई विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x