Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूमि व्यवस्थामन्त्री अधिकारी र सचिवबीच कार्यसम्पादन सम्झौता

भूमि व्यवस्थामन्त्री अधिकारी र सचिवबीच कार्यसम्पादन सम्झौता


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सचिव अर्जुनप्रसाद पोख्रेलसँग कार्यसम्पादन सम्झौता गरेका छन् । गत भदौ २७ गते मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए । सोही सम्झौताको आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम बनाउन मन्त्री अधिकारी र सचिवबीच बुधबार सम्झौता भएको हो ।

यो आर्थिक वर्षभित्र भूमि व्यवस्था, सहकारी र गरिबी निवारण क्षेत्रका ६० वटा महत्वपूर्ण कामहरू सम्पन्न गर्ने उद्देश्य कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको छ । मन्त्रालय मातहतका सहसचिव र विभागीय प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले लिएका लक्षित उद्देश्य सामूहिक प्रयासबाट सम्भव हुने भएकाले आ–आफ्नो तहबाट जिम्मेवार, पारदर्शी र नतिजामुखी भएर काम गर्न निर्देशन दिए । योजनाहरू बन्ने तर अपेक्षाकृत कार्यान्वयन नहुने अवस्थाले मन्त्रालयको गरिमा नबढ्ने मन्त्री अधिकारीको भनाइ छ ।

सचिव पोख्रेलले कार्यसम्पादनमा उल्लेखित ६० वटै विषय कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै भूमि आयोग गठन गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन, सहकारी क्षेत्रमा देखिएका समस्याहरू क्रमिकरूपमा समाधान गर्ने र गरिबी निवारणका क्षेत्रमा आशा जगाउने गरी काम गर्ने सचिव पोख्रेलले बताए । सचिव अधिकारीले यो कार्यसम्पादन सम्झौतामा उल्लेखित विषयहरू कार्यान्वयनमा लैजानका लागि सम्बन्धित महाशाखा र विभागसँग पनि आफूले कार्यसम्पादन सम्झौता गरी निरन्तर पहलकदमी लिने प्रतिबद्धता पनि जनाए ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x