Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिगोरखा दरबारको दसैँघरमा विधिपूर्वक जमरा राखियो

गोरखा दरबारको दसैँघरमा विधिपूर्वक जमरा राखियो


गोरखा । नवरात्रको पहिलो दिन गोरखा दरबारको दसैँघरमा बिहीबार विधिपूर्वक जमरा राखिएको छ । गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको जानकारी दिए ।

मूल पुजारी भट्टराईले परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा)मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको बताए । “गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चाररचार मानाको दरले जौ को जमरा राखिएको छ”, उनले भने, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एकरएक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”

देशभरका हिन्दू धर्मावलम्बीले यहाँ जमरा राखेपछि मात्र घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ । बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ ।


क्याटेगोरी : कला / संस्कृति, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x