Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको उत्कृष्ट कर्जा योजना

नेपाल बैंकको उत्कृष्ट कर्जा योजना


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड (नेबैलि)ले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्यून व्याजदर सात दशमलव ७० मा नेपाल बैंक लिमिटेड सर्वसुलभ आवास कर्जा ल्याएको छ । नेबैलि सर्वसुलभ आवास कर्जाअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जीर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । बैंकले पाँच वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकी सेवा शुल्कमा अधिकतम ३३ दशमलव ३३ प्रतिशतसम्म छुट प्रदान गरी पाँच लाखदेखि अधिकतम दुई करोड रुपैयाँँसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

यसका अतिरितm बैंकले समृद्ध व्यवसाय कर्जा, नेबैलि अटो लोनलगायत विभिन्न कर्जाको व्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ । कर्जा सीमा १० करोडसम्म रहेको बैंकले समृद्ध व्यवसाय कर्जाको व्याजदर आठ दशमलव २८ प्रतिशत रहेको छ भने व्यावसायिक ग्राहकहरूले चालू पुँजी तथा स्थिरपुँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । त्यसैगरी नयाँ गाडी खरिदको लागि पाँच र सात वर्ष भुक्तानी अवधि राखी बैंकले प्रवाह गर्ने बैंकले अटो कर्जाको व्याजदर हाल सात दशमलव ७८ प्रतिशत रहेको छ ।

बैंकले हाल देशभर दुई सय २९ वटा शाखा, ६० एक्स्टेन्सन काउन्टर र दुई सय पाँच वटा एटीएम काउन्टरबाट सेवा सञ्चालन गरिरहेको बैंकले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैँ कटिबद्ध रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x