Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोर्टसबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोर्टसबीच सम्झौता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोर्टस प्रालिबीच विद्युतीय (ईभी) गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार वार्षिक सात दशमलव सात ७७ प्रतिशत स्थिर व्याजदरमा निजी सवारी (रातो प्लेट)को नामी र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैयाँसम्म कर्जा लगानी गर्नेछ ।

कर्जा रकमको शून्य दशमलव ७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढीमा सात वर्षसम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुनेछ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १२ वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x