भेटायोको दशैं धमाका अफर
काठमाडौं । भेटायोले दशैँ नजिकिँदै गर्दा आफ्नो धमाका अफरहरू घोषणा गर्न गरेको छ । कम्पनीले कुनै पनि तनावविना चाडपर्वहरूको लागि घर तयार गर्न तथा मर्मत गर्न चाहनेहरूको लागि अफरहरू डिजाइन गरेको हो ।
कम्पनीका अनुसार सामान्य मर्मतदेखि सरसफाइ र लुगा धुने र अन्य धेरै कामहरू भेटायोमार्फत सहजै गर्न सकिन्छ । कम्पनीले चाडपर्वहरूको लागि घरको भान्सा मर्मत मात्र एक हजार तीन सय रूपैयाँमा गरिदिने भएको छ । यसअघि कम्पनीले दुई हजार रूपैयाँ लिने गरेको थियो । यस्तै, बाथरूम मर्मत तीन हजार तीन सय ८० रूपैयाँमा गर्ने जनाएको छ । कम्पनीले यसअघि बाथरुम मर्मतको लागि पाँच हजार दुई सय रूपैयाँ लिने गरेको थियो । यसैगरी कम्पनीले ८५ रूपैयाँ प्रतिकिलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरू उपलब्ध गराएको छ । यस्तै, डबल सिरकहरू कम्पनीले मात्र चार सय रूपैयाँमा सफा गर्ने सेवा उपलब्ध गराएको छ भने पाँच थानभन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।
यस्तै, कम्पनीले घर सफा गर्ने काम पनि सहुलियतमा गर्ने जनाएको छ । कम्पनीले तीन हजार रूपैयाँमा घर सफा गर्ने अफर ल्याएको छ भने न्यूनतम पाँच सिटको सोफा चार सय रूपैयाँमा सफा गरिदिने जनाएको छ । यसैगरी अफरमा भान्साको सरसफाइ बुक गर्दा, निःशुल्क चिम्नीको सरसफाइ सित्तैमा पाइने जनाइएको छ । साथै, कम्पनीले एयर कन्डिसनरहरू सफाइमा पनि विशेष छुटको घोषणा गरेको छ । अब भेटायो एपमार्फत दशैँको लागि आफ्नो घरको तयारी गर्न सजिलो हुने भएको कम्पनीको दाबी छ । भेटायोले घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाइजस्ता सेवाहरू दिने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया