Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइक्यान मेलामा पाँच हजारभन्दा बढी सहभागी

इक्यान मेलामा पाँच हजारभन्दा बढी सहभागी


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको १५औँ इक्यान शैक्षिक मेलामा पाँच हजार बढीले अवलोकन गरेका छन् । नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा सञ्चालित सो मेला उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको थियो ।

मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको इक्यानले जनाएको छ । बाढीपहिरोका कारण अधिकांश स्थानमा अवरोध सिर्जना भएको समयमा पनि मेलामा विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए । कोरोना महामारीपछि भौतिक रूपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ । मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो ।

वन अप मिडिया प्रालिको व्यवस्थापनमा आयोजना भएको मेलाको प्रमुख प्रायोजकमा रियल ड्रिम्स एजुकेसनल कन्सलटेन्सी प्रालि र इन एसोसिएसनमा वेद इन्टरनेसनल एजुकेसन प्रालि थियो । साथै, प्रायोजकमा केआईईसी प्रालि, अर्बिट इन्टरनेसनल एजुकेसन प्रालि, नोबेल एजुकेसन प्रालि, डब्ल्युआरआई एजुकेसन, राइट पाथ, सेनेका, कंगारु एजुकेसन फाउन्डेसन, एलाइट मुभर्स, भिरा एजुकेसन र ग्रेस एजुकेसन प्रालि थिए । मेलामा विभिन्न २२ वटा कम्पनीका स्टल राखिएको थियो । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संस्था इक्यानमा छ सय सात सदस्य छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x