Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा कृषि विज्ञ शरदचन्द्र श्रेष्ठ मनोनित भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ८५औँ बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा कृषिविज्ञ श्रेष्ठलाई मनोनित गरिएको हो ।

पाल्पा घर भई हाल टोखा, काठमाडौं निवासी श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सहसचिव र गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरेका थिए । उनको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सहकारी, सरकारी तथा गैरसरकारी सरोकारवालाहरूसँगको सहकार्य र लगानीकर्ताहरूको विश्वासमा थप टेवा पुग्ने कम्पनीले अपेक्षा राखेको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x