भारतमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु
नयाँदिल्ली । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकोप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समयअनुसार बिहान छ बजेर ४५ मिनेटमा दुर्घटना हुदाँ हेलिकोप्टरमा आगो लागेको थियो ।
दुर्घटनामा हेलिकोप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरूलाई बताएका छन् । उनले आफुहरु घटनास्थलमा पुग्दा, हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको बताए ।
दुर्घटनामा मृत्यु वरण गरेका तीनै जनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको उनले बताए । हेलिकोप्टर विपक्षी राष्ट्रवादी कांग्रेस पार्टीले भाडामा लिएको र मुम्बइतर्फ गइरहेको स्रोतले जनाएको छ ।
दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन यद्यपि स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेको बताएका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया