Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशदशैँ आएसँगै बजारमा कालोबजारी तथा मूल्यवृद्धि

दशैँ आएसँगै बजारमा कालोबजारी तथा मूल्यवृद्धि


विराटनगर । नेपालीहरूको महान् चाड दशैँ नजिकै आएसँगै बजारमा विभिन्न वस्तुहरूको कालोबजारी तथा मूल्यवृद्धि हुन थालेको छ । चाडपर्वहरू नजिकिँदै गर्दा कालोबजारी तथा व्यापारीहरूले मनलाग्दीरूपमा उपभोक्ताहरूले प्रयोग गर्ने दैनिक उपभोग्य सामानको मूल्य बढाउन थालेका हुन् ।

यस वर्षको दशैँ सबैका लागि दशाजस्तो लाग्न थालेको अवस्थामा झन् बजारमा हुने गरेको कालोबजारीले उपभोक्तालाई थप मार पर्न थालेको छ । विगतदेखि नै चाडपर्व तथा विपत्का बेलामा व्यापारीहरूले कालोबजारी गरी संकटलाई कमाउने अवसर बनाउँदै आएका छन् । सो बेथितिलाई यसपटक पनि व्यवसायीहरूले निरन्तरता दिन थालेका छन् । व्यवसायीहरूको मनसाय नै अप्ठ्यारोमा कमाउले भन्नेले ग्रस्त बन्दै गएपछि उपभोत्ताहरूमाथि समस्यामा झन् समस्या थपिने गरेको छ । व्यवसायीहरूले चाडपर्वका बेलामा नै महँगी बढाउने तथा कालोबजारी गर्ने गरेकाले सामान्य मानिसहरूका लागि जहिले पनि दशैँ दशा नै बन्दै आएको छ । यो संकटको अवस्थामा पनि हुने महँगी, कालोबजारीजस्ता गतिविधि नियन्त्रण गर्न सरकारको भूमिका प्रभावकारी बन्न सकेको छैन । यसले गर्दा पनि बजारमा व्यापारीको मनोमानी उत्तिकै बढ्दै गएको छ ।

बाढीको कहरबाट ग्रस्त भई महामारीको अवस्थामा पुगिन्छ कि भन्ने त्रासका बीचमा पनि नेपालीहरूको महत्वपूर्ण चाड दशैँ नजिकिएसँगै बजारमा किनमेल गर्ने मानिसहरूको भीड लाग्न सकेको छैन । तर यही मौका पारेर व्यापारीले सर्वसाधारण उपभोक्तासँग बढी मूल्य असुल्न गरेका छन् । अहिले व्यापारीले विभिन्न बहाना बनाएर दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन बढाउँदै गएका छन् । यसरी अहिले सबैभन्दा बढी चाडपर्वको समयमा अत्याधिक खपत हुने वस्तुको मूल्यमा सबैभन्दा बढी मूल्य बढाउने गरिएको छ । यति हुँदा पनि नियमनकारी निकायबाट बजार अनुगमन समेत गर्न सकिरहेको छैन । सरकारले बजार अनुगमन मौसमीरूपमा मात्रै गर्ने गरेको छ ।

चाडपर्वमा जुत्ता, चप्पल, मोबाइल फोन, कपडा, फर्निचर तथा कोठा सजावटका सामानहरूको सबैभन्दा बढी कारोबार हुने गर्छ । यी सामानको मूल्यमा कुनै निश्चितता नै छैन । व्यवसायीले यी सामानमा जति लिँदा पनि भएको छ । यसतर्फ सरकारका कुनै पनि निकायले ध्यान दिएकै छैन ।

उपभोक्ताहरू पसलैपिच्छे ठगिने गरेका छन् । हरेक पसलमा फरक–फरक मूल्य रहेका हुन्छन् । व्यवसायीहरूले पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म नाफा राख्ने गरेको पाइन्छ । तर सरकारले अहिले पनि यस्ता कुरालाई खासै महत्व भने दिएको पाइँदैन । सरकारले जहिले पनि नुन–तेल, मैदा, चामल र मसलाको मात्रै मूल्य तोक्ने गरेको छ । यसले गर्दा नागरिकले बजारमा भएको कालोबजारी तथा मूल्यवृद्धिको भारबाट छुटकारा कहिले पाउने भन्ने प्रश्न उठ्न थालेको छ । अहिले विराटनगरमा दशै चाडलाई लक्षित गरी व्यवसायीले स्टक क्लियर गर्न भन्दै हरेक सामानमा भारी छुट दिने गरेका छन् । सडकपेटीका फुटपाथे पसलमा समेत चाडपर्वलक्षित छुट अफर सुरु भइसकेको छ । यसरी व्यवसायीहरूले सामान बेचेको कुनै पनि बिल हुँदैनन् ।

साना तथा ठूला सबै पसलमा सर्वसाधारणको भीड बढेको मौकामा व्यापारीले विनाबिल सामान समेत बेचिरहेका छन् । यसरी साना तथा ठूला सबै पसलमा सर्वसाधारणको भीड बढेको मौकामा व्यापारीले विनाबिल सामान बेचिरहँदा सरकारी निकाय भने बेखबरजस्तै बनेको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x