प्रभु महालक्ष्मी लाइफद्वारा तामाङलाई ३० लाख रुपैयाँको बीमालेख र नगदसहित सम्मान
काठमाडौं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रे तेमाल गाँउपालिका वडा नं. ९ का ३७ वर्षीय चनिकलाल तामाङलाई सम्मान गरेको छ । कम्पनीले ललितपुर महानगरपालिका नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएकामध्ये दुई जनालाई सकुशल उद्धार गर्न सफल तामाङलाई सम्मान गरेको हो ।
बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक शंकर गौतम र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले तामाङलाई सम्मान गरेका हुन् । उनलाई कम्पनीले ३० लाख बीमाङ्क रकमको बीमालेखसहित ११ हजार नगदसहित सम्मान गरेको हो । प्रभुका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले तामाङलाई रियल हिरोको संज्ञा दिँदै स्वतस्फुर्तरूपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताउँदै प्रोत्साहनस्वरूप सम्मान गरिएको बताएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया