Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारीमा श्रेष्ठ

हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारीमा श्रेष्ठ


काठमाडौं  । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । उनी नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छन् । उनले आधिकारिकरूपमा बिहीबारदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ ।

नवनियुक्त सीईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो । उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पुर्याउन सफल भएको छ । सिईओको रूपमा, उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ ।

नियुक्तिको अवसरमा नवनियुक्त सीईओ अञ्जु श्रेष्ठले आफ्नो विचार राख्दै भनिन्, ‘हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।’

कम्पनीका अध्यक्ष महेन्द्र के श्रेष्ठले पनि आफ्नो विचार राख्दै भने, ‘हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमा क्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नुभएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उनले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x