लेकसाइडमा खुल्यो ‘लेक स्पाइस रेस्टुरेन्ट’
पोखरा । पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा आएको छ । विगत २५ वर्षदेखि रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील युवा तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्किएका गौरव घर्तीमगरले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । तारा र गौरव बागलुङ गलकोट निवासी हुन् ।
ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले सो रेस्टुरेन्ट शुभारम्भ गरेका थिए । रेस्टुरेन्टमा नेपाली, इन्डियन, चाइनिज, थाईलगायत दुई सय ५० भन्दा बढी खाना÷खाजाका परिकार उपलब्ध हुनेछ । घटस्थापनाका दिन सञ्चालनमा ल्याइएको रेस्टुरेन्टमा कात्तिक १ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । करिब दुई करोड ५० लाख लगानीमा खुलेको रेस्टुरेन्टमा एक सय २० जनालाई एकै पटक सेवा दिन सकिने सञ्चालक तारा घर्तीमगरले बताए । रेस्टुरेन्टमा २५ जना कर्मचारी छन् । कुकिङमा १२ र रिसेप्सन, वेटरलगायतमा १३ जना छन् ।
रोजगारीको सिलसिलामा १० वर्ष सिंगापुर बसेका ताराले पोखराका नाम चलेका रेस्टुरेन्टमा प्रमुख कुक भएर काम गरेका थिए । उनले रेस्टुरेन्टको खाना÷खाजालाई अझ गुणस्तरीय बनाउन मलेसियन कुकलाई रेस्टुरेन्टमा ल्याएर आफूसहित कुकिङमा काम गर्नेलाई खानाका परिकार बनाउन सिकाएका छन् । ४० दिनका लागि मलेसियन कुकलाई १२ लाख खर्चेको उनको भनाइ छ । मलेसियन कुक फर्केपछि कुकिङको नेतृत्व तारा आफैँले गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया