भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
सिंगापुर । सिंगापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्याएको र गैरकानुनीरूपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ ।
फर्मुला वनलाई सिंगापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायातमन्त्री एस ईश्वरनलाई यस वर्ष ३५ वटा आरोप लगाइएको थियो । विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने देशमध्येको एक देशको रूपमा उद्धृत गरिएको सिङ्गापुरमा उक्त आरोप भ्रष्टाचारसँग सम्बन्धित थियो ।
ईश्वरनको सजाय अभियोजन पक्षले अनुरोध गरेको छदेखि सात महिनाको भन्दा बढी गम्भीर थियो, जुन उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले सार्वजनिक विश्वासमा मुद्दाको प्रभावलाई ध्यानमा राख्दै ‘स्पष्टरूपमा अपर्याप्त’ हुने बताएका थिए ।
‘सार्वजनिक संस्थाहरूमाथिको विश्वास र भरोसा प्रभावकारी शासनको आधार हो । एउटा सरकारी कर्मचारी निष्ठा र जवाफदेहिताको मापदण्डभन्दा तल झरेकोजस्तो देखिने मुद्दामा उक्त सजाय अझै कम होजस्तो लाग्छ,’ हुङले बिहीबार सजाय सुनाउँदै भने ।
गत हप्ता ईश्वरनलाई न्यायमा बाधा पुर्याएको र अवैध उपहार स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । अभियोजनकर्ताहरूले एक अर्बपति घरजग्गा व्यवसायीसँग सम्बन्धित केहीसहित केवल पाँच वटा कमजोर आरोपहरू अघि बढाएका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनको प्रतिरक्षा टोलीले ईश्वरनलाई अक्टोबर ७ देखि लागू हुनेगरी जेल सजाय सुनाउन माग गरेको छ । अदालतले ६२ वर्षीय उनलाई त्यस दिन अपराह्न ४ बजे स्टेट्स कोर्टमा आत्मसमर्पण गर्न आदेश दिएको थियो ।
तीन लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार स्वीकार्नेजस्ता आरोपबारे औपचारिकरूपमा सूचित भएपछि ईश्वरनले जनवरीमा राजीनामा दिएका थिए ।
उनले राजीनामा पत्रमा अदालतमा आफुमासथको आरोपबारे सफाइ दिने बताएका थिए । ईश्वरनले सरकारलाई करिब दुई लाख ९५ हजार अमेरिकी डलर नगद, ब्रोम्पटन साइकललगायतका उपहार समेत फिर्ता दिइएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
ईश्वरनले सिंगापुरका धनाढ्य होटल व्यवसायी ओङ बेङ सेङको खर्चमा एक बिजनेस क्लासको उडानको अनुसन्धान गर्न सिंगापुरका अधिकारीहरूलाई रोक्ने प्रयाससँग सम्बन्धित मुद्दामा बाधा पुर्याएको आरोप लगाइएको छ ।
अन्य चार आरोप होटल प्रोपर्टीज लिमिटेडका प्रबन्ध निर्देशक ओङ र एक निर्माण कम्पनी लुम कोक सेङका शीर्ष निर्देशक ओङबाट ह्विस्की र गल्फ क्लबका बोतलसहित उपहार प्राप्त गरेकोसँग सम्बन्धित छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
- भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया