सुनजस्तो देखिने आठ किलो धातुसहित दुई भारतीय नागरिक पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट आठ किलो दुई सय ४३ ग्राम ९७० मिलिग्राम सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र सांगली दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूले आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याएको आठ थान बिस्कुट आकारको उक्त तौलको धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने प्रहरीले जनाएकोे छ ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 1
ताजा अपडेट
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट
- उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
- लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी
- उद्धार कोषलाई इन्फ्रास्ट्रक्चर बैंकको सहयोग
- राहत कोषमा सहयोग गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- लाइफ इन्स्योेरेन्स कर्पोेरेसनले हकप्रद सेयर जारी गर्ने
- नेपाल वेयर हाउजिङ कम्पनीको विशेष साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया