Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफेरि रोकियो धितोपत्र बोर्डको अध्यक्ष छान्ने काम

फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्ष छान्ने काम


काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तरवार्ता स्थगित गरेको छ । मन्त्रालयले शुक्रबार बोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूचीमा समावेश भएका आवदेकहरूको अन्तरवार्ता स्थगित गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको स्वास्थ्य अवस्था ठीक नभएपछि अन्तरवार्ता स्थगन गरिएको मन्त्रालयले जनाएको छ । अधिकारी सिफारिस समितिका संयोजक रहेका थिए । संयोजक नै बिरामी भएपछि अन्तरवर्ता लिने काम रोकिएकोे मन्त्रालयले जनाएको छ ।

शुक्रबार संक्षिप्त सूचीमा समोवश भएका तीन आवेदकको व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तरवार्ता गर्ने कार्यक्रम थियो । बिहान ८ बजे आवेदकलाई बोलाए पनि अधिकारीको अस्वस्थ्यतालाई देखाउँदै अध्यक्ष नियुक्ति प्रक्रिया रोकिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । संक्षिप्त सूचीमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र बीमा प्राधिकरणकाका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाइँ थिए ।

अध्यक्ष चयनको प्रक्रिया रोकिएकोमा बोर्डका केही सदस्यहरू भने रुष्ट बनेका छन् । नेपालको धितोपत्र बजारमा समस्याको चाङ छ अर्कोतर्फ सरकारले अध्यक्ष प्रक्रिया राकेर तमासा देखाउने काम गरेको बोर्डका एक सदस्यले बताए । ती सदस्यले सरकार र अर्थमन्त्रीको स्वार्थमा दिइने नियुक्तिले बोर्डले गर्नुपर्ने कामभन्दा पनि निर्णयमा विवादित बनाउने सम्भावना रहेको बताए । मन्त्री तथा मन्त्रालयका पदाधिकारीको स्वार्थका कारण अध्यक्ष नियुक्ति गर्दा अर्बौँ लगानीको जोखिम समेत देखिएको बोर्डका अधिकारीहरूको भनाइ छ । बोर्डको कामकारबाही सही ढङ्गबाट अघि बढे मुलुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने समेत उनीहरूको दाबी छ ।

बोर्डको अध्यक्ष नियुक्त नहुँदा करिब २८ अर्ब रुपैयाँबराबरको साधारण सेयर सार्वजनिक निष्कासन (आईपीओ)को प्रक्रिया समेत अवरुद्ध भएको छ । बोर्डको अध्यक्ष नियुक्तिको विषय संवेदनशील भएको बोर्डका प्रवक्ता नवराज अधिकारीले बताए । अध्यक्ष नियुक्ति नहुँदा आईपीओ र नयाँ साधारण सेयर (एफपीओ) लगायत बोर्डका कामकारबाहीलाई अघि बढाउन नसक्दा देशभित्र र बाहिरका लगानीकर्तामा नराम्रो सन्देश गएकोले नियुक्ति प्रक्रियालाई छिटो सक्नुपर्ने उनले बताए ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया विवादित बनाएको भन्दै आफूमाथि आरोप लागेको विषयमा सार्वजनिकरूपमै स्पष्टीकरण दिएका थिए । प्रधानमन्त्रीको सो वक्तव्यले पनि बोर्ड अध्यक्ष नियुक्ति विवादरहित हुन नसकेको सन्देश दिएको छ ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईँ गरी पाँच जनालाई कार्यपत्र मूल्याङ्कन तथा अन्तरवार्ताका लागि छनोट गरेको थियो । अन्तरवार्तामा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ उपस्थित भइसकेका छन् भने बाँकी तीन जना उपस्थित भएनन्  । धितोपत्र ऐनमा तीन जना सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । गत वर्ष पुस २१ गतेदेखि बोर्डको अध्यक्ष पद खाली भएको थियो । गत वर्ष पुस २० गते बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिए पनि नयाँ अध्यक्ष नियुक्त भएको छैन ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x