Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीद्वय ज्यापु र बुुढाथोकी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीद्वय ज्यापु र बुुढाथोकी पक्राउ


काठमाडौं, असार २१
केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा फरार रहेका दुुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेका अनुसार बैंकिङ कसुरको अभियोगमा फरार रहेका दुुई व्यक्तिहरुलाई यही असार १६ गते र १८ गते फरक फरक ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका ७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ पैयुँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकी रहेको प्रवक्ता पाण्डेले जानकारी दिए । सोमध्ये ज्यापुलाई भक्तपुर ठिमीबाट यही असार १६ मंगलबार र बुढाथोकीलाई काठमाडौं कपनबाट यही असार १८ गते बिहीबार प्रहरीले पक्राउ गरिएको हो ।

प्रवक्ता पाण्डेका अनुसार पक्राउ परेकामध्ये ज्यापुलाई उच्च अदालत पाटनको २०७६ भदौ २ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन कैदको फैसला गरेको थियो । यसैगरी बुुढाथोकीलाई पनि उच्च अदालत पाटनको २०७६ माघ २४ गतेको फैसलाले १० लाख ५० हजार रुपैयाँ जरिवाना र सात दिन कैद सजाय ठहर गरेको थियो । अदालतको उक्त फैसला सार्वजनिक भएलगत्तै उनीहरु फरार रहेका थिए । अनुुसन्धानका क्रममा उनीहरुले आफ्नो खातामा रकम मौज्जात नभएको भन्ने जानी–जानी रकम भुक्तानको लागि चेक काटी दिएको र उक्त चेकहरु बैंकबाट भुक्तान हुन नसकी चेक बाउन्स भएको खुलेको प्रवक्ता पाण्डेले बताए ।

पक्राउ दुवै जनालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको प्रवक्ता पाण्डेले बताए । प्रवक्ता पाण्डेका अनुसार इन्द्र कट्टेलको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी राम ज्यापुु भएको मुुद्दामा ज्यापुु दोषी ठहर भएका हुुन भने निरणसिंह लामाको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी प्रकाश बुुढाथोकी भएकोमा मुुद्दामा बुुढाथोकी दोषी ठहर भएका हुुन । पक्राउ परेका दुुबै व्यक्तिहरुलाई फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता पाण्डेले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x