Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे

कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे


सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिष्थापन गर्नुपर्नेमा जोड दिएकी छन् । सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्दै उनले बढ्दो आयातलाई आयात प्रतिष्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिईन् ।

उपाध्यक्ष विमला घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो संभावना भएपनि आयातमा निर्भर रहनु विडम्बना भएको बताईन् । सबैखाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्नेमा उनले जोड दिईन् । ‘नेपालमा कृषि उत्पादन बढाउने संभावना छ तर उत्पादन बृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रुपमा देखिएको छ’, उनले भने, ‘खाद्यान्न, फलफूल, दुध र मासु उत्पादन बढाउन सकेमा बैदेशिक ब्यापार घाटा धेरै घटेर जानेछ ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिष्थापन गर्ने र निर्यात बढाउने हुनुपर्ने उनको भनाइ थियो ।

प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैंसीका बिकास कार्यक्रमको समेत उनले अनुगमन गरेकी थिइन् । साथै उनले अनुसन्धान केन्द्रले सिमित स्रोत साधनको बावजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सह्रना गर्दै समस्याहरू समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाईन् । अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइराला लगायत स्थानिय तहका जनप्रतिनिधी पनि सहभागी थिए । अनुसन्धान केन्द्रका प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट बिकास कार्यलयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x