Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगईभा नेपालको शुभकामना आदानप्रदान

ईभा नेपालको शुभकामना आदानप्रदान


काठमाडौं । पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघ (ईभा नेपाल), काठमाडौंले विजयादशमी, दीपावली, छठ र नेपाल संवत् ११४५को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद सुनिल केसीले हालैको बाढी, पहिरो र डुबानबाट धेरै ठाउँमा जनधनको क्षति भएको र केही ठाउँका पार्टी प्यालेस व्यवसायीहरू पनि प्रभावित भएकाले सबै मिलेर समस्या समाधान गर्न आग्रह गरे । चाडपर्वमा हुने विभिन्न कार्यक्रमले सबै व्यवसायीलाई एक ठाउँमा उभिएर काम गर्न थप प्रेरित गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिए । कार्यक्रममा विशेष अतिथि नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यले चाडपर्वले सबै व्यवसायीलाई एक भई काम गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष अरुणशंकर वैद्यले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले वर्षाले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीलाई पनि क्षति पुगेको अवस्थामा एक भई काम गर्नुको विकल्प नरहेको भन्दै सबै व्यवसायीलाई चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरे ।

कार्यक्रमका सभापति ईभा नेपालका अध्यक्ष उत्तमप्रकाश शर्माले असोज ११ र १२ गते देशभर गएको बाढी, पहिरो र डुबानबाट भएको दुःखद् क्षतिका बाबजुद पूर्वनिर्धारित कार्यक्रम भएकाले शुभकामना आदानप्रदान कार्यक्रम गरिएको प्रस्ट पारे । उनले केही ठाउँका पार्टीप्यालेसहरू बाढी, पहिरो र डुबानबाट प्रभावित भएको र समस्यामा परेका व्यवसायीलाई हौसला प्रदान गर्ने कुनै पनि काम गर्न ईभा नेपाल तयार रहेको बताए ।

कार्यक्रमको सञ्चालन इभा नेपालका महासचिव हरि पुडासैनीले गरेका थिए । यस्तै, ईभा नेपालका कोषाध्यक्ष सुवास रिमालले शुभकामना आदानप्रदान कार्यक्रमकोे संयोजन गरेका थिए । कार्यक्रममा महासंघका महासचिव हिमकिशोर राई, महासंघका उपाध्यक्ष राजु महर्जन, सचिव प्रेमकुमार बर्मा र इभा नेपालका पूर्वअध्यक्ष अनिल शर्मा, काभ्रे जिल्ला संघका अध्यक्ष शिवप्रसाद तिमिल्सिना, भक्तपुर जिल्ला संघका सहसचिव मोहनलाल श्रेष्ठ, कार्की ब्याङ्क्वेटका सञ्चालक दिलबहादुर कार्कीलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x