‘जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ’
जनकपुर । शनिबार धनुषाको लालगढमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा जनकपुर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
“अविरल वर्षा र बाढीका कारण देशवासी आक्रान्त छन् । सरकारले प्राथमिकताका आधारमा विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छ”, उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वर्षाको सम्भावना अझै बाँकी रहेकाले जनता तथा सरकार सचेत हुनुपर्नेमा जोड दिदै बाढी र पहिरोले घरबारविहीन बनेका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको काम गम्भीरतापूर्वक गर्नुपर्ने सुझाव दिँए ।
अध्यक्ष नेपालले भने, “कुनै ठाउँमा पहिरो जान सक्ने कुनै ठाउँमा भुस्खलन हुनसक्ने, कुनै ठाउँमा तटबन्ध अझै तोड्न सक्ने सम्भावना भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न सरोकार भएका सबे सचेत हुनु जरुरी छ ।” उनले बाढीपहिरो जस्ता विपद्बाट जनधनको सुरक्षा गर्न पूर्वतयारी कम हुँदा धेरै क्षति भएको बताए ।
पार्टीका जिल्लाजिल्लामा पनि अधिवेशन गरेर केन्द्रीय अधिवेशनको तयारी भइरहेको जानकारी दिदै अध्यक्ष नेपालले मधेस प्रदेशको तीन ठाउँमा उपनिर्वाचन हुन लागेको बताए । उनले उपनिर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
- पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
- शेयर बजारमा देखियो हरियाली
- प्रसूति तथा स्त्री रोग अस्पतालमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
- नवनियुक्त प्रधानन्यायाधीशलाई राष्ट्रपतिद्वारा शपथ
- नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत
- बाढीले झोलुङ्गे पुल बगाएपछि करिब दुई सय ५० घरपरिवार समस्यामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया