माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमण गर्दै
नयाँदिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आज (आइतबार)देखि भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । राष्ट्रपति मुइज्जुले अक्टोबर ६ देखि १० सम्म भारतको औपचारिक भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति मुइज्जु यसअघि सन् २०२४ को जुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शपथग्रहण समारोहमा सहभागी हुन भारत आएका थिए ।
भ्रमणका क्रममा मुइज्जुले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पारस्परिक हितका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी बिजनेस इभेन्टमा भाग लिन मुम्बई र बेङ्गलोर पनि जानेछन् । गत महिना माल्दिभ्सका राष्ट्रपति कार्यालयका प्रमुख प्रवक्ता हिना वालिदले पनि राष्ट्रपति मुइज्जुको भारत भ्रमणबारे जानकारी दिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन
- फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
- स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामा संवेदनशील हुन आवश्यक छ: मुख्यमन्त्री कार्की
- धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
- पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
- शेयर बजारमा देखियो हरियाली
- प्रसूति तथा स्त्री रोग अस्पतालमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया