Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

एनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड


काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् ।

यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरू र ती कार्यहरूको प्रभावको सम्मान भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौँदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारीलगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको एक प्रमाण पनि हो । एनसेलले प्रत्यक्ष र अप्रत्यक्षरूपमा एक करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशभर १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ ।

रिङरोडको कोटेश्वर–कलङ्की १० दशमलव दुई किलोमिटर सडकखण्डको दुवैतिर गरिएको ल्यान्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरूमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरी सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरू हुन् ।

यस्तै, कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको समुदायस्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ ।

एनसेलले विभिन्न सामाजिक पहलहरूमा दुई अर्बभन्दा बढीको योगदान गरिसकेको जनाएको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पु¥याएकाले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x