Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीद्वारा नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी

बीवाईडीद्वारा नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी


काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । दशैँ शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

कम्पनीका अनुसार यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई देखाएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो । अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ । साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले एकै दिन १३२ ईभी डेलिभरी गर्न पाउनु कम्पनीको लागि गर्वको दिन भएको बताए । देशभर बीवाईडीको बजार उपस्थिति तीव्ररूपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ ।

पछिल्लो समयमा वीरगञ्ज, बनेपा र जनकपुरलगायतका स्थानमा सोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको कम्पनीले जनाएको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवद्र्धन गरिरहेको छ । शून्य उत्सर्जन इलेक्ट्रिक सवारीमार्फत नेपालको यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बीवाईडीको लक्ष्यलाई १३२ युनिट डेलिभरीले अझै जोड दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x