विद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति
काठमाडौं । अग्रवाल सेवा केन्द्रले ५१४८ औँ अग्रसेन जन्मजयन्तीको अवसरमा काठमाडौंका २५ सामुदायिक विद्यालयका एक सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोशाक वितरण गरेको छ । अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोशाक वितरण गरेको महासचिव पंकज जालानले जानकारी दिए ।
केन्द्रले अग्रसेन जयन्तीको अवसरमा प्रत्येक वर्ष सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । यो वर्ष सामुदायिक विद्यालयका एक सय विद्यार्थीलाई छात्रवृत्ति र पोशाक उपलब्ध गराइएको जालानले जानकारी दिए । अग्रवाल समाजका स्थापनाकर्ता एवं युग प्रवर्तक महाराजा अग्रसेनको ५१४८औँ जन्मजयन्ती समारोहका अवसरमा केन्द्रले समाजमा अग्रणी भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अग्रवाल समाजकी ज्येष्ठ नागरिक गोदावरी देवी अग्रवाल, कमलादेवी अग्रवाल, प्रह्लाद राय अग्रवाल, शिवशंकर अग्रवाललाई सम्मान गरिएको थियो । केन्द्रले शिक्षा क्षेत्रका विभिन्न नौ जना विद्यार्थीलाई अग्रसेन शिक्षा पदकबाट पुरस्कृत गरिएको समेत जनाएको छ ।
कार्यक्रममा अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरिधारी अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र खेतानलगायतले सामाजिक अभियानमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अग्रवाल युवा मञ्चले समाजका बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको थियो ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन
- फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
- स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामा संवेदनशील हुन आवश्यक छ: मुख्यमन्त्री कार्की
- धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
- पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
- शेयर बजारमा देखियो हरियाली
- प्रसूति तथा स्त्री रोग अस्पतालमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया