Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी

लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी


काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि एड्भाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । सोसम्बन्धी समझदारीपत्र (एमओयू)मा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा मनिष थापाले हस्ताक्षर गरेका छन् ।

ग्लोबल इक्विटी फन्ड लिमिटेड (जीईएफ)ले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) नेपालका बीमा कम्पनीहरूको स्थायी लगानी उपकरण हो । यो कृषि, स्वच्छ ऊर्जा र स्वच्छ टेक, पर्यटन, आईसीटी, स्वास्थ्य सेवा र उत्पादनमूलक क्षेत्र केन्द्रित लगानी उपकरण हो । २९ कात्तिक २०७९ मा दर्ता भएको एनआईआईएफले २०८० माघ ५ मा पहिलो लगानी गरेको थियो । यसको अधिकृत पुँजी एक अर्ब ५० करोड रूपैयाँ र जारी पुँजी एक अर्ब २० करोड रूपैयाँ छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशनका लागि छुट्ट्याएको छ ।

लक्ष्मी सन्राइज क्यापिटल (एलएस क्यापिटल) लक्ष्मी सन्राइज बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको कम्पनी हो । लक्ष्मी क्यापिटल र सन्राइज क्यापिटल मर्ज भई बनेको लक्ष्मी सन्राइज क्यापिटलसँग मर्चेन्ट बैंकिङको बलियो जग छ । अनुमतिप्राप्त मर्चेन्ट बैंकरको रूपमा एलएस क्यापिटलले मर्चेन्ट र इन्भेस्टमेन्ट बैंकिङ सम्बन्धी थुप्रै सेवा प्रदान गर्छ । ३० वर्षभन्दा बढीको अनुभवी एलएस क्यापिटल विविध वित्तीय सेवा प्रदान गर्ने नेपालको नेतृत्वदायी मर्चेन्ट बैंकहरूमध्ये एक हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x