Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबिआई बैंकद्वारा उद्वार कोषमा २५ लाख रुपैंयाँ सहयोग

नेपाल एसबिआई बैंकद्वारा उद्वार कोषमा २५ लाख रुपैंयाँ सहयोग


काठमाडौं । नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैंयाँ सहयोग प्रदान गरेको छ  । बैंकका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हालै आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि उक्त रकम प्रदान गरिएको हो ।

उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत, यादवेंदकांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, विकास आनन्द, रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैकले हाल एक सय वटा शाखा, २२ एक्सटेन्सन काउण्टर, सात वटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x