Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्राहक सर्भेमा नथिङ पहिलो नम्बरमा

ग्राहक सर्भेमा नथिङ पहिलो नम्बरमा


काठमाडौं । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले पहिलो स्थान हासिल गर्न सफल भएको छ । आठ हजारभन्दा बढी ग्राहकमा गरिएको एक विशेष सर्भेमा ब्रान्डप्रति सर्वाधिक सन्तुष्ट ग्राहकहरू नथिङले प्राप्त गर्न सफल भएको हो ।

ब्लोटवेयर फ्रि क्लिन अपरेटिङ् सिस्टमका लागि टेक कम्युनिटीले मुक्तकण्ठले प्रशंसा पाउने नथिङले आफ्नो तेस्रो जेनेरेसनको अपरेटिङ सिस्टम नथिङ ओएस ३ अक्टोबरमा रोलआउट गर्ने घोषणा हालै गरेको छ । नथिङले आफ्नो नयाँ बड्स नथिङ इयर ओपनको गत अक्टोबर २६ मा लन्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटिङ सिस्टमको समेत जानकारी दिएको हो । स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाइन, एक्सिलेन्ट परफरमेन्स र एफोर्डेबल प्राइसिङ्का माध्यमबाट आमउपभोक्ताको मन हेर्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा नथिङले अतुलनीय बिक्रीपश्चातको सेवा प्रदान गर्ने नीति लिएको छ । नथिङका स्मार्टफोन तथा एक्सेसोरीजमा कुनै पनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ नै स्मार्टफोन आफ्ना ग्राहकलाई दिनेछ । यी र यस्तै सेवाग्राहीप्रतिको उच्च प्रतिबद्धताका कारण ग्राहक सन्तुष्टिमा नथिङ सर्वोत्कृष्ट ब्रान्ड बन्न सफल भएको विज्ञहरूको प्रतिक्रिया रहेको छ । हाल नेपाली बजारमा नथिङ तथा नथिङको सबब्रान्ड सीएमएफ बाई नथिङका स्मार्टफोन तथा एक्सेसोरिजहरू सर्वत्र उपलब्ध छन् ।

भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृष्ट फिचर र सर्वोत्कृष्ट बिक्रीपश्चातको सेवाले नथिङ नेपाली बजारमा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ । ‘नेपाली बजारमा नथिङले निरन्तर राम्रो परिणाम दिलाउन सफल हुँदै आएको छ’ नथिङका लागि नेपाली आयातकर्ता सिजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘ग्राहक सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो, यसमा हामी सदैव अगाडि रहनेछौँ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x