पोखरामा अन्तर्राष्ट्रिय योग महोत्सव हुने
पोखरा । होटल संघ नेपाल र पोखरास्थित पूर्ण योग रिट्रिटको संयुक्त आयोजनामा पोखरामा नेपाल योग महोत्सव हुने भएको छ । यही असोज ३० देखि कात्तिक ३ गतेसम्म सो महोत्सव सञ्चालन हुने जनाइएको छ ।
महोत्सवमा ५० विदेशीका एक सय ७० जना सहभागी हुने आयोजकको आकलन छ । महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योग विज्ञ सहभागी हुने र उनीहरूबाट विभिन्न विधामा योग कक्षा सञ्चालन गरिनेछ । महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ता गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्यजस्ता विशेषज्ञबाट योग र ध्यानको कार्यशाला रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछन् । महोत्सवमा सहभागी हुन नेपालीलाई दिनको तीन हजार रुपैयाँ र विदेशीलाई छ हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।
महोत्सव अवधिभर चार दिन सहभागी हुनेका लागि थप आकर्षक प्याकेजको पनि व्यवस्था गरिएको छ । होटल संघ नेपालका महासचिव साजन शाक्यले नेपालमा योगकै लागि भनेर ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
- मार्क जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति
- हुन्डाई मोटरद्वारा १० करोड सवारीसाधन उत्पादन
- एक दिनमा लगभग एक हजार आप्रवासी बेलायत प्रवेश
- हेटौडा फाखेल हुदै काठमाण्डौ जोडने बैकल्पिक छोटो मार्ग संचालनमा
- चाडपर्व लक्षित सुरक्षा योजना सफल पार्न चार हजार प्रहरी परिचालित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया