Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको शून्य प्रतिशत ईएमआई अफर

रियलमीको शून्य प्रतिशत ईएमआई अफर


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो ।

यस अफरअन्तर्गत रियलमीका फोनहरूमा शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ । रियलमीको हेड अफ स्ट्राटेजी मुनिस गिरीले ग्राहकहरूमा सुपथ मूल्यमा अत्याधुनिक प्रविधिको पहुँच पुर्याउन यो अफर सार्वजनिक बताए । ‘शून्य व्याजको यो नयाँ ईएमआई योजनाले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउनेमा हामी ढुक्क छौँ ।’ उनले भने, ‘हामीलाई विश्वास छ कि दशैँ तथा तिहारको यो माहोलमा यस अफरले अझै रौनक थप्नेछ ।’

यो अफर घटस्थापनादेखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागू भएको छ । यस अफरअन्तर्गत रियलमीका २० हजारभन्दामाथिका फोनहरूमा ४० प्रतिशत डाउन पेमेन्टमा सो ईएमआई उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x