Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान महासंघका अध्यक्ष पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित

क्यान महासंघका अध्यक्ष पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित


काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजित कुमार पोदार वल्र्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा)को कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

आर्मेनियाको येरेभानमा हालै भएको विट्साको महाधिवेशनबाट पोदार सन् २०२४–२६ कार्यकालको कोषाध्यक्षमा निर्विरोध चयन भएका हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो अनुभव सँगालेका पोदारले २०७९ पुसदेखि क्यान महासंघको नेतृत्व गर्दै आएका छन् । विट्सामा कोषाध्यक्ष पदमा निर्वाचित भएपछि पोदारले विट्साको प्रतिनिधित्व गर्दा विश्वभरिका ८० भन्दा बढी सूचना प्रविधि संस्थाहरूसँग सहकार्य गरेर प्रविधिको विकासमा योगदान दिने अवसर पाएको बताए । साथै, उनले सूचना प्रविधि क्षेत्रमा नेपाललाई विश्वव्यापी मञ्चमा स्थापित गर्ने प्रयास गर्ने जानकारी दिए ।

विट्सा ८० देशका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरूको छाता संगठन हो, यसले विश्वव्यापी सूचना प्रविधि उद्योगमा हुने आर्थिक कारोबारको ९० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्छ । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पोदारको सफल नेतृत्वले क्यान महासंघलाई विश्वव्यापीस्तरमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । विट्साको नवगठित २० सदस्यीय समितिमा विश्वका पाँच महादेशबाट प्रतिनिधिहरू छन्, यसमा मलेसिया, ब्राजिल, नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, जापानलगायतका देशका सूचना प्रविधि विशेषज्ञहरू रहेका छन् । विट्सामा यसअघि दुई पटकसम्म क्यान महासंघका पूर्वअध्यक्ष हेमन्त चौरासियाले कोषाध्यक्षका रूपमा सफल कार्यकाल निभाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x