Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद


बुटवल । सशस्त्र प्रहरीले पछिल्लो साढे दुई महिनामा दुई करोड ५८ लाख रुपैयाँको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर, रुपन्देहीले भारतबाट नेपालमा अवैधरूपमा चोरी निकासी गरी ल्याइएको विभिन्न मालसमानहरू बरामद गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले गण र सो मातहतमा रहेका अन्य कार्यालयहरूको सक्रियतामा अवैध सामानहरू बरामद गरी भन्सार कार्यालय बेलहिया पठाएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक करोड ८७ लाख ८२ हजार रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा आठ करोड ५४ लाख ६६ हजार एक सय ३३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको थियो । यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा गणले नौ करोड २८ लाख ७८ हजार सात सय २९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको उनले जानकारी दिए ।

कार्यालयले चालू आर्थिक वर्षमा साउनमा ६२ लाख ४९ हजार रुपैयाँ, भदौमा एक करोड तीन लाख ३२ हजार रुपैयाँ र चालू महिना आश्विनको १५ गतेसम्म ९३ लाख सात हजार रुपैयाँ बराबरको अवैध मालसमान बरामद गरेको हो । वर्षेनि अवैध मालसमान ओसाप्रसारमा वृद्धि हुँदै गएको छ । वर्षायाममा नदीनालाहरू बढ्ने र तर्न सक्ने अवस्था कम हुने हुँदा सीमित ठाउँबाट चोरी निकासी हुँदा लगभग सबै क्षेत्रहरूमा हेर्न सक्ने अवस्था भए पनि खुला सीमानाका कारण हिउँदमा भने अझ बढी चोरी निकासी हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ । अवैध चोरी निकासी रोक्नका लागि सुरक्षा निकायजस्तै आमनागरिक पनि सक्रिय हुनुपर्ने सशस्त्र प्रहरी उपरीक्षक थापा बताउँछन् ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x