बाढीबाट क्षति भएका संरचनाको छिटो मर्मत गर्न आग्रह
काठमाडौं । कोशी प्रदेश सरकारले हालै आएको अविरल वर्षाका कारण बाढी पहिरोबाट भएको सडक पुललगायतका क्षतिलाई दशैं अगाडि नै मर्मतसम्भार गर्न निर्देशन दिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाढी पहिरोबाट भएको क्षतिहरूको पूर्ण विवरण आएपछि सम्बन्धित मन्त्रालयले दशैं अगाडि गर्न सक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिएको बताए । प्रदेशका राजनीतिक दलहरूले बुझाएको ध्यानकर्षण पत्र बुझ्दै उनले कार्कीले नेपाल सरकार, विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिनभित्र गर्न सक्ने कार्यको थालनी गरिसकेको जानकारी दिए । यस विपद्को घडीमा राहत, घाइतेहरूको निःशुल्क उपचार, बेपत्ताहरूको खोजी र विस्तापितहरूको पुनस्र्थापना, बालीनालीको क्षतिपूर्ति पनि उपलव्ध गराउन प्रदेश सरकार तयार रहेको उनले बताए ।
प्रदेश सरकारले विशेष विपत् प्राधिकरण गठन गरी उद्धार, राहत पुनर्स्थापना र पुनर्निर्माण कार्य सुरु गर्न केही ढिलाइ भएको उनले स्वीकार गरे । गत असोज ११ र १२ गतेको वर्षाका कारण भएको ठूलो जनधनको क्षति एवं विकास निर्माण संरचना सरकारलाई राहत कार्यमा लाग्न राजनीति दलहरूले ध्यानाकर्षण गराएका थिए । सो अवसरमा प्रदेशका विभागीय मन्त्री, राज्यमन्त्री तथा सचिवहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया