हेटौडा फाखेल हुदै काठमाण्डौ जोडने बैकल्पिक छोटो मार्ग संचालनमा
हेटौडा । अविरल बर्षाको कारण हेटौडा फाखेल हुदै काठमाण्डौ जोडने बैकल्पिक छोटो मार्ग हिजो आईतबार बेलुका देखि संचालनमा आएको छ। बागमती प्रदेश भौतिक तथा पूर्वाधार मन्त्रालयको पहल तथा पूर्वाधार बिकास निर्देशनालयको सक्रियता संगै करिब १० दिन पछि अबरुद्द फाखेल हुदै काठमाण्डौ जाने बाटो संचालनमा आएको हो । अविरल बर्षाको कारण कतिपय ठाउमा करिब १ किमी सम्म बाटो नै बगाएको थियो। बाटो बगाएको ठाउमा नयाँ डाइभार्सन बनाएर नयाँ खोली बाटो संचालनमा ल्याइएको हो।
हेटौडा बाटो काठमाण्डौ जोडने सबै बैकल्पिक मार्गहरु बन्द हुदा यात्रीले सास्ती खेप्नु परेको थियो। बाटो बन्द खुलाउनको लागि त्यस क्षेत्रका माननीय सांसद तथा स्थानीय प्रतिनिधिहरुको सक्रियता पनि उल्लेख्य रहेको छ। बाटो खुले संगै सवारी साधनको चाँप बढ्ने भएकोले जिल्ला प्रहरी कार्यलय मकवानपुरले तोकिएको रुट प्रयोग गर्न आग्रह गरेको छ।
तोकिएको रुटमा अतिआवश्यक एम्बुलेन्स लगायत हलुका सवारी साधन र चार पाङ्ग्रे सरकारी गाडीहरुलाई हेटौडा भीमफेदी कुलेखानी मार्खु चित्लाङ्ग हुदै काठमाण्डौ जाने रुट तोकिएको छ भने मिनिबस हाइस तरकारी बोकेका साना सवारी साधनहरुलाई बिहान ४:०० बजे देखि बेलुका ७:०० बजेसम्म भैसे पालुङ्ग चित्लाङ्ग हुदै काठमाण्डौ वा नौबिसे हुदै काठमाण्डौ जाने रुट तोकिएको छ। यसैगरी मिनी ट्रक लागायत अत्यावश्यक बस्तु ढुवानी गर्ने मालवाहक ट्रकहरुलाई राती १०:०० बजे देखि बिहान ४:०० बजे सम्म हेटौडा भैसे पालुङ्ग नौबिसे हुदै काठमाण्डौको रुट तय गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
- मार्क जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति
- हुन्डाई मोटरद्वारा १० करोड सवारीसाधन उत्पादन
- एक दिनमा लगभग एक हजार आप्रवासी बेलायत प्रवेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया