एक दिनमा लगभग एक हजार आप्रवासी बेलायत प्रवेश
बेलायत । फ्रान्सबाट बेलायत जाने प्रयासमा एकै दिनमा नौ सय सय ७३ आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरेका छन् भने यात्राको क्रममा अन्य चार जनाको मृत्यु भएको बेलायतको गृह मन्त्रालयले आइतबार जनाएको छ ।
मन्त्रालयद्वारा शनिबार प्रकाशित तथ्याङ्क यस वर्षको एकैदिनमा च्यानल पार गर्ने आप्रवासीको सबैभन्दा बढी संख्या हो । गैरकानुनी रुपमा बेलायत प्रवेश गर्नका लागि ओभरलोड डुङ्गामा खतरनाक यात्रा गर्दा दुर्घटना भई दुई वर्षीय बालक र तीन वयस्कको मृत्यु भएको हो । यो घटनापछि यस वर्ष च्यानल पार गर्ने प्रयासमा मृत्यु हुने आप्रवासीको संख्या ५१ पुगेको पास–डे–क्यालाइस क्षेत्रका लागि फ्रान्सेली अधिकारी ज्याक बिलान्टले बताए ।
बेलायतको गृह मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा २६ हजार छ सयभन्दा बढी आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरिसकेका छन् ।
बेलायतका गृहमन्त्री यभेट कुपरले शनिबार गैरकानुनी रुपमा च्यानल पार गर्ने क्रममा धेरै मानिसहरूले ज्यान गुमाइसकेको बताए । ‘आपराधिक तस्करहरुको गिरोहले यस्ता जोखिमपूर्ण यात्रा आयोजना गर्छन्’, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मानिसहरू बाँच्छन् वा मर्छन् भन्ने कुराले उनीहरुलाई कुनै फरक पर्दैन ।’ रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया