Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहुन्डाई मोटरद्वारा १० करोड सवारीसाधन उत्पादन

हुन्डाई मोटरद्वारा १० करोड सवारीसाधन उत्पादन


सियोल । हुन्डाई मोटर कम्पनीले विश्वभर १० करोड सवारीसाधन उत्पादन गरेको छ । कम्पनीको यो उपलब्धि स्थापनाको ५७ वर्षमा पूरा भएको हो । विश्वव्यापी अटोमोटिभ उद्योगमा कम्पनीले सबैभन्दा छिटो यो रेकर्ड हासिल गरेको कम्पनीको दाबी छ । उक्त अवसरमा कम्पनीले कोरियाको उल्सान प्लान्टमा एक समारोहको आयोजना गरेको थियो ।

कम्पनीले सो अवसरमा आफ्नो सयौँ मिलियन र पहिलो आईओएनआईक्यू पाँच ग्राहकलाई हस्तान्तरण समेत गरेको छ । गाडीको विशेष हस्तान्तरण समारोहमा उल्सान प्लान्टको शिपिङ सेन्टरमा अन्तिम निरीक्षण कन्वेयर बेल्ट रोल अफ समे गरिएको थियो । कार्यक्रममा ‘१० करोड र १’ को सम्झनामा एउटा सेलिब्रेटरी डिस्प्ले पनि राखिएको थियो । ‘१० करोड सवारीसाधनको विश्वव्यापी सञ्चयी उत्पादनमा पुग्नु एउटा अर्थपूर्ण कोसेढुङ्गा हो’, कम्पनीले भनेको छ । १९६८ मा सञ्चालन सुरु भएको उल्सान प्लान्टले ‘कोरियाली अटोमोबाइल उद्योगको विकासको जन्मस्थल’को रूपमा महत्वपूर्ण ऐतिहासिक महत्व राखेको कम्पनीले जनाएको छ । यो प्लान्टले कोरियाको पहिलो सामूहिक उत्पादन गरिएको स्वतन्त्र मोडेल, पोनी सन् १९७५ मा उत्पादन गरेको थियो । हाल, उल्सान प्लान्ट विद्युतीकरणको लागि केन्द्रीय हब हो । साथै कम्पनीले साइटमा एक समर्पित विद्युतीय सवारी सुविधा स्थापना गर्न लागेको समेत जनाएको छ ।

‘हुन्डाई मोटरका प्रत्येक कर्मचारीले आफ्नो कडा परिश्रम र समर्पणबाट एक सय मिलियन युनिटहरू सञ्चित गर्न योगदान पुर्याएका छन्’, हुन्डाई मोटर कम्पनीका डोमेस्टिक प्रोडक्सनका प्रमुख र प्रमुख सुरक्षा अधिकृत डोङ सियोक लीले भने, ‘यो शुभ अवसर हुन्डाई मोटरले नेतृत्व गर्ने विद्युतीकरणको भविष्यको युगतर्फको पहिलो कदम मात्र हो ।’ यस्तै कम्पनीले टर्की, भारत, अमेरिका र चेक गणतन्त्रमा उत्पादन विस्तार गरेको छ । गत वर्ष, हुन्डाई मोटरले स्मार्ट सहरी मोबिलिटी हबको नयाँ अवधारणा हुन्डाई मोटर ग्रुप ग्लोबल इनोभेसन सेन्टर सिङ्गापुर (एचएमजीआईसीएस) स्थापना गरेको थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x