पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन् । उनले कार्यपालिका बैठकबाट तीन वर्षको तलबभत्ताबाट प्राप्त हुने रु. १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।
खरेलले सोे रकम यहाँका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताए । “पाँचखालभन्दा काभ्रेपलाञ्चोकको अन्य तहमा बढी जनधनको क्षति भएको छ, यसकारण मैले व्यक्तिगत रूपमा यस प्रकारको आर्थिक सहयोग गर्ने निर्णयमा पुगेको हुँ”, उनले रासससँग भने । हालैको बाढीपहिराले काभ्रेपलाञ्चोकमा धेरै जनधनको क्षति भएको छ ।
पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी जिल्लामा ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रपलाञ्चोकमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
- पुँजीगत खर्च बढाउन आग्रह
- विराटनगर भन्सारले गर्यो पूर्णकृष्ण ट्रेडर्सको सबै कारोबार रोक्का
- निर्यात अनुदान कार्यविधि संशोधन हुँदै
- छायादेवी सेन्टरको जग्गा विवाद २४ गते टुुङ्गिँदै
- धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
- बैंकहरुले घटाउँदै लगे विपन्न वर्ग कर्जा
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया