Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिरहाको लहानमा रिक्सा व्यवसायीले गरे प्रदर्शन

सिरहाको लहानमा रिक्सा व्यवसायीले गरे प्रदर्शन


सिरहा, असार २१
लकडाउनबाट प्रभावित सिटी रिक्सा चालकहरुले रिक्सा चलाउन दिन माग गर्दै सिरहाको लहानमा सरकारविरुद्ध विरोध प्रदर्सन गरेका छन् । लकडाउनको कारण रोजगारी गुमाएका सिटी रिक्सा चालकहरुले रिक्सा सञ्चालन गर्न दिन, बैकको कर्जाको व्याज छुट दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपालमा लकडाउन भएको तीन महिना वितिसक्दा पनि सरकारले मजदुर तथा श्रमिक वर्गलाई कुनै राहत प्याकेज नल्याएको उनीहरुको आरोप छ । लकडाउनले दिनभर मजदुरी गरेर बिहान बेलुका छाक टार्ने श्रमिक वर्ग सबैभन्दा बढी मारमा परेको रिक्सा चालक शिव कुमार महतोले बताए । नेपालमा लकडाउन खुकुलो भए पनि सिटी रिक्सा श्रमिकहरु मारमा परेको उनको भनाइ छ । तीन महिनादेखि रिक्सा चलाउन नपाउदा परिवारको छाकटार्न गाह्रो भएको महत्तोले बताए ।

रिक्सा किन्दा धेरैले बैंकबाट ऋण लिएको र यति लामो समयसम्म चलाउन नपाउदा बैंकको व्याज तिर्न ठूलो समस्या भएको उनको बताए । सिरहाको लहान नगरभित्र रहेका ९६ जना रिक्सा व्यवसाय गरेर जीविकोपार्जन गर्ने रिक्सा चालकहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले लहानको पुरानो बसपार्कदेखि विरोध -याली सुरु गरी लहान बजार परिक्रमा समेत गरेका थिए । रिक्सा संघको अध्यक्ष मनोज मण्डलको अध्यक्षता भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका जिल्ला सभापति सञ्जय उपाध्ययले रिक्सा व्यवसाय सञ्चालन गर्न दिन माग गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x