एभरेस्ट बैंकको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । एभरेस्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही असोज २० गते आइतबार साधारणसभा सम्पन्न गरेको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले सेयरधनीहरूलाई आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट नवीनभक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठलाई आगामी चार वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ । आव २०८१/८२ को लागि श्री एन अमात्य एन्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया