लकडाउनमा खाँदाखाँद यात्रु, मनलागी भाडा
सुबास बस्नेत
दोलखा, असार २१
दोलखामा सार्वजनिक सवारीसाधन बन्द भएपछि निजी सवारीसाधनले खाँदाखाँद यात्रु बोकेर मनलागी भाडा लिने गरेका छन् । कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले सार्वजनिक यातायातका सवारी बन्द गरेको तीन महिना नाघेको छ । सार्वजनिक यातायातका सवारीसाधन बन्द हुँदा निजी सवारीले मनपरी भाडा लिएर बन्दको फाइदा उठाउने गरेका छन् ।
दोलखा जिल्लाभर पछिल्लो समय यात्रु ओसारपसार गर्न साना सवारी बोलेरो सक्रिय रहेका छन् । नौ स्थानीय तह रहेको दोलखा जिल्लामा दैनिक सयौँको संख्यामा बोलेरो बिरामी र यात्रु बोकेर जिल्लाका मुख्य सडक लामोसाँघु जिरी र तामाकोशी खुर्कोट ओहोरदोहोर गर्ने गरेका छन् । जिरी, मैनापोखरी चरीकोट हुँदै चल्ने बोलेरोले तामाकोशीदेखि चरीकोट बजार चल्ने १७ किलोमिटर सडकको यात्रा गरेको भाडा दुई सय ५० रुपैयाँ भाडा लिने गरेको तामाकोशी गाउँपालिका भीरकोटका यात्रु शिव कार्कीले बताए ।
पाँच जनाको क्षमता रहेको बोलेरो चालकले डबल र सिङ्गल क्यापको बोलेरोमा भित्र र बाहिर कोचेर १५ देखि २० जना यात्रु बोक्ने गरेका छन् । तामाकोशीदेखि चरीकोटको सार्वजनिक गाडीको भाडादर ५० रुपैयाँ रहेकोमा निजी बोलेरोले भने पाँच गुणा बढी भाडा लिने गरेका छन् । लकडाउनको मौका छोपेर बसेका बोलेरोले जिल्लाका प्रहरीको आखा छल्दै यात्रुसँग मनलागी भाडा असुल्दै आएको शनिबार बोलेरोमा सिंगटीदेखि चरीकोट यात्रा गरेका यात्रु रामु खड्काले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
- विश्वका विभिन्न देशमा मनाइयो संविधान दिवस
- उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल
- राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया