Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारजेइको जेसिक्स र ओमोडा ई५ को एकैदिन सय युनिट डेलिभरी

जेइको जेसिक्स र ओमोडा ई५ को एकैदिन सय युनिट डेलिभरी


काठमाडौं । एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयुभी र ओमोडाको एक सयभन्दा धेरै युनिटहरू एकैदिन डेलिभरी गरेको छ । पूर्णरूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ–रोड इलेक्ट्रिक एसयुभी हो ।

गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयावधिमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ । त्यसमाथि अफ–रोड ड्राइभिङमा रूचि राख्नेहरूले गत हप्ता आयोजित डर्ट–टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफ–रोड क्षमता प्रत्यक्ष अनुभव गर्न पाएका थिए । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भू–भागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको कम्पनीले जनाएको छ ।

साथै, ओमोडा ई५ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ । भर्खरै नाडा अटो सोमा ओमोडा ई५ डीएलएक्स ओमोडा ई५ एयुएक्सको कम संस्करण हो । जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफरोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकाले गर्दा यो नेपाली अफरोड पारखीहरूको लागि उचित रोजाई बनेको छ । २७१५ मिलिमिटरको ह्विलबेस, १८(वा १९) इन्चको ह्विल तथा दुई सय मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो । चालकसहित पाँच यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८–१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा ईजी–क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ । यसको साइड–हिन्ज्ड टेलगेटसँगै दुई सय ६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ ।

जे सिक्सले डे एन्ड नाइट रियर भ्यु मिरर, तीन सय ६० डिग्री क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्यागजस्ता सुविधाहरू उपलब्ध गराउँछ । जे सिक्स दुईवटा भेरियन्टमा उपलब्ध छ । पहिलो भेरियन्ट, दुई सय न्यूटनमिटरको टर्क र एक सय ८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटरसहितको फोर–ह्विल–ड्राइभ रहेको छ भने दोस्रो, एक सय ८४ न्यूटनमिटरको टर्क र एक सय ३५ किलोवाटको अधिकतम पावर दिने सिंगल मोटर भेरियन्टमा उपलब्ध छ । यो गाडी छ दशमलव पाँच सेकेन्डभित्रै शून्यबाट एक सय किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सीएटीएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री (जुन ५० दशमलव छ किलोवाट आवर, ६५ दशमलव सात किलोवाट आवर वा ६९ दशमलव सात किलोवाट आवरमा उपलब्ध) रहेको जे सिक्सले पाँच सय एक किलोमिटरको सीएलटीसी–रेन्ज प्रदान गर्छ । गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x