स्वर्गीय बीपी कोइरालाको सम्झनामा
काठमाडौं । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको सम्झना मेरा पिताजी प्रतिमान दाहालको मुखबाट सुनेको हो । तत्कालीन बर्मा सरकारका विदेशमन्त्री उवास्वंयको समाजवादी पार्टीका समर्थक मेरा पिताजी हुनुहुन्थ्यो । उवास्वंका प्रयासले बर्मामा पहिलो पटक एसियाली समाजवादी सम्मेलन भएको हो । नेपालबाट नेता विश्वेश्वर प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नेताहरू जानुभएको थियो । २००७ सालको क्रान्तिमा बर्माका समाजवादीहरूबाटै नेपाली काँग्रेसले हातहतियार सहयोग पाएको हो । नेपालमा पनि अर्को एसियाली समाजवादी सम्मेलन गर्ने बीपीको इच्छा थियो । त्यो पूरा भएन । २०३६ सालको जनमत संग्रहपछि नेपालमा किसुनजीले जिते एसियाली दोस्रो समाजवादी सम्मेलन गर्ने योजना थियो, त्यो हुन सकेन । अब दोस्रो एसियाली समाजवादी सम्मेलन नेपालमा महामन्त्री गगन थापाजीहरूकै आशा र भरोसा पनि छ । राज, विश्वप्रकाश, पूर्णबहादुर खड्का मिलेर नेपाल यात्रा गरे राम्रो हुन्थ्यो ।
लोहिया र बीपीका मतभेदका विषयमा वास्तवमा भन्ने हो भने, बीपी लोहियाजी भन्द जयप्रकाशजीको नजिक हुनुहुन्थ्यो, विहारको बसाइँ, अमेरिका पढेका पारिवारिक सम्वनध आदि इत्यादिले गर्दा बीपी पारिवारिक हिसाबले जयप्रकाशजी नजिक हो, लोहियाको विचार थियो पेचिला कामहरू क्रान्तिको समयमा नै फटाफट गर्नुपर्छ । नेपालको भूमिसुधार र वनजंगलको समस्या र राष्ट्रिय करण गरिहाल वास्तवमा त्यो विषयमा वीपीले २००७ सालको कान्तिका त्यो कुरा भ्याउनुभएन । सबैतिर कोइराला परिवारवाद किन चलाएको भन्ने थियो । मातृका सर्वोच्च कमान्डर बीपी अलराउन्ड, रेडियो नेपाल संस्थापक पनि कोइराला जनकपुरका सरोज कोइराला र विराटनगरका गिरिजाप्रसाद कोइराला पनि सक्रिय नै थिए होला । लोहियाजीलाई यी कुरा बढाएर चढाइर सुनाए होलान् । राणाको खाली ठाउँ कोइरालाले भर्ने भए भनेर ल्याए होलान् ।
यो लेख लेख्न अल्छि लागिरहेको थियो । सानो भाइ जनक चटौतजीले बीपीलाई किन सम्झिने ? भनेर कान्तिपुरमा सानो लेख लेख्नुभएछ । सबै कुरा छुनुभएको छ । नेपाली काँग्रेसले साहित्यमा बीपी भनेर ठूलो काम ग¥यो सुवास नेवाङको मृत्युले एकदिन खाइदियो, भातमा ढुंगा भयो ।
गगनथापाजी आशालाग्दो महामन्त्री हुनुहुन्छ । कांग्रेसमा सक्रिय के कारणले हो, दशाग्रह खराब छन् कि ? पूर्वबाट पदयात्रा गर्नुभयो तर त्यहाँ पनि केशव कुमारको निधनले स्थगित गर्नुभयो । मन्त्री बन्न मरिहत्ते गर्ने अहिलेको नेपालको सत्ता राजनीतिमा मन्त्री बन्न पनि चाहनुभएन । स्व. प्रदीप गिरीले असाध्य माया गर्ने, मलाई भन्नुहुन्थ्यो । चन्द्रशेखरको भारत यात्राको शैलीमा नेपाल यात्रा गर्नुहोला ? त्यो दिन कहिले आउला चन्द्रशेखरको भारत पदयात्रा कन्याकुमारीदेखि दिल्लीसम्ममा म र शैलाजा थियौँ । भर्खरको राहुल गान्धीको पदयात्राले पनि प्रतिफल दिएको छ । गगन थापाजीसँगको मेरो पदयात्राको साइत पनि जुर्ला ? आगे नियतिको नियत !
श्रुति परम्परा र विशेष गरेर तथ्यपूर्वक कुरा राख्ने स्थिति पनि त अब काँग्रेसमा रहेन । एउटा प्रसंगले मलाई स्तब्ध पनि पारेको छ । घटना पार्टी कार्यालयमा भएको हो । श्री योगप्रसाद उपाध्याय र नृतनदेव थपलियालाई पार्टीले सम्मान गर्ने कार्याक्रम थियो । वर्तमान उपसभापति धनराज गुरुङले बोल्ने पालो थियो । उहाँले कोइराला परिवारको त्यागको कुरा गर्नुभयो, दिव्या कोइरालाको प्रसंग राणा प्रधान मोहन शमशेरलाई दिएको उत्तरको थियो । मैले यही काठमाडौंमा पतिलाई सतगत गरेकी हुँ, छोरालाई पनि यहीँ सतगत गरेर जान्छु । त्यो कुरा सभापति देउवाले सुन्नै चाहनुभएन । उपसभापतिलाई छिटो भाषण सक्न एकप्रकारले दबाबै दिनुभयो । माथि लोहियाजीको प्रसंग आएको छ । तर, त्यसबापत बीपीको त्यो आमरण अनसन तोडाउन लोहियाजीले प्रधानमन्त्री नेहरूलाई दबाब दिनुभयो नेहरूले मोहन शमशेरलाई अनि अनसन तोडियो ।
यो कथा प्रदीप गिरीले हामीलाई सुनाउनुहुन्थ्यो । बीपीलाई ओहीयाले काठमाडौंकौ सूक्ष्म अध्ययन गर । क्रान्तिका लागि कति उपयुक्त छ, तर काठमाडौंमा बीपी पक्राउ पर्नुभो ।
अर्को प्रसंग छ, त्यो पनि प्रदीपजीबाटै सुनेको हो । बीपीकी एउटी छोरी पनि थिइन् । सानै हुँदा अकालमै मरिन् । इलाममा कार्यक्रम रहेछ । सुशीलजी छोरीको सतगतिमा बीपी साथमा रहून् भन्ने चाहन्थिन् । तर बीपी मान्नुभएन । पूर्वी पहाडका सबै कार्यकर्ता कति दुःख गरेर इलाममा जम्मा भएका छन् जानुपर्छ । काललाई कसले टार्न सक्छ । मन दरो गर सुशीलाले बिदा दिनुभयो । यस्ता घटनाहरू छन्, आजको मै खाऊँ मै लाऊँ, सुख सयल वा मोज मगरूँ भन्ने प्रबल संस्कारले जरा गाडेको समयमा यी कुरा झिँनामसिना लाग्लान् । तर यी ठूलो, त्यागतपस्या र संस्कारले आउने कुरा हुन् । पहिलो पटक बीपीलाई मैले वनारस राजघाटमा भेटेको हुँ । एक्लै गएको थिएँ, दिल्ली जान लाग्नुभएको रहेछ । दुई जना अरू थिए । एक जना को हो थाहा भएन । संस्कृतमा सम्पूर्ण पूर्वमध्यमा सकेर डीएभी कलेजमा आईएमा भर्ती भएर पढ्दै थिए । एकजना चुलबुले केटी शैलजा भाञ्जी थिइन् । बीपीलाई पहिलो भेटमा कसलाई कस्तो अनुभव भो ? केही त प्रकाश पनि भएका छन् । मलाई चाहिँ कस्तो लाग्यो भने मैले पहिल्यैदेखि भेटेको र चीनेको हुँ । बर्मातिरका कुरा भए, उवास्वेले पनि जानेनन् । नेपालमा पनि यस्तै भयो । गणेशमानजीसँग भेटेर जानु नेपालका कथा उहाँले भन्नुहुन्छ । खाना खाएर जानु बर्मामा उवास्वंय विदेशमन्त्री मुसलमान थिए । उनी बुद्धिष्ट प्रधानमन्त्री थिए । आपसमा मेलमिलाप थिएन । त्यसको फाइदा जनरल नेभिनले उठाए । सैनिक शासन लगाए त्यो शासन अझै छ । बीचमा एकपल्ट सूची आएन, त्यसपछि फेरि सेना भोपालमा भारतको शरणार्थी भएर उनु बसेका थिए । बर्मा फर्किएनन् । त्यस्तै, भयो तिनका भविष्य ।
गणेशमानजी त के अद्भूत मान्छे । बीपीहरू बिदा हुनुभो । प्लेनको समय भएछ । एउटी मान्छे रहिछन् खान पस्की रहनुभएको रहेछ । म खाना बसे । लाज, शरम, धाक, खुसी, के–के भयो भयो ! मत थोरै खान्छु भने । ए भन्नु भयो । त्यसपछि के अचम्म त्यस दिन गणेशमानजी सँगसँगै भोजन गरे । त्यसपछि कहिलै भोजन गर्ने मौका परेन । तीन घण्टा बसे हुँला । जिज्ञासा सबै समाप्त कति कथा आएका मौका मिल्दा मेट्न जान्थे । पछि गोरखपुरमा पनि भेट भयो ।
भारतको कालिनपुन बजार छेउमा इच्छे भन्ने बस्ती छ । हाम्रो दाहाला खलक त्यहाँ बस्छ । त्यहाँ काका हुनुहुन्थ्यो । रामकृष्ण शर्मा जज, साहित्यकार, भानुभक्त आदिकवि होइनन् भनेर विवादमा पनि आउनु भयो । अरु पनि थिए । कलकत्ता हाइकोटको जज ठूलै मान्छे हो । उहाँले पनि कालिनपुनमा गणेशमानजीका कथा सुन्नु भएको रहेछ । हाम्रो दाहाल खलक रामेछापको गोठपानी भुटानको घुमाउने, कालिनपुनको इच्छे बस्ती, आसामका सान्तिनगर दार्जलिङ्गको ग्रिङ चियाँ बगान, इलामको फिक्कल,बर्माको मिचेनका अनेक ठाउँ बृहत बसाई सराई भएको हो । त्यसपछि मेरो यता पढाइ, राष्ट्रिय स्वयंसेवक संघको फस्ट इएर र कानपुर सेकेन्ड इयर र त्यसै वर्ष सरसञ्चालक गुरुजीको निधन भयो । त्यसपछि विश्व हिन्दु परिषद् उज्जैन कालियन दह प्लेस । विजया राजे सिनध्यासँग भेटघाट वनारसमा मण्डल कार्यवाहक तीन वटा शाखा विश्व हिन्दु परिषद्को प्रान्तीय कार्यालय बर्माघाट घटाटे मन्दिर, बुदौलिया संघ कार्यालय, एमएलएका चुनाव के–के भए, भए ।
वनारसका काँग्रेसी साथीहरूले हरिशचन्द्र कालिसको समारोहमा बीपी पनि आउनुहुन्छ । तपाइँ आउनुहोस् है भने । बीपी त्यो समाहरोहको गेस्ट गुनुहुन्थ्यो । नेपाली नै धेरै थियौ होला । एकजना सट र लुङ्गी लगाएको मान्छे सटासट आएर बीपीसँग हात मिलाएर फर्किए । हामी अचम्मै प¥यो । त्यो बुझेर बीपीले भन्नुभयो । मोहन विक्रम सिंह १५ सालको एमपी भेट्न आउनुभएको रहेछ । पुष्पलालजी त कार्यकमभर नै बस्नुभयो । मलाई लाग्छ बीपीले एकपल्ट भेटेपछि मान्छे भुल्नु हुने थिएन होला । राजघाटको मेरो भेटपछि तीन वर्षमा फेरि भेट भयो । वनारस हिन्दु विश्व विद्यालयको ६० वर्ष पुगेको अवसरमा हिरक जयन्ती मनाउने भइयो । त्यो हिरक जयन्तीमा नेपालका आदिकवि भानु जयन्ती पनि मनाउनुपर्छ भन्ने विशेष गरेर मनिपुरका नेपाली विद्यार्थीले आग्रह गरे । दिल्ली राम तिमिल्सिना नेपाली विभागको प्रमुख हुनुहुन्थ्यो । त्यतिखेर बीपीलाई पनि सोध्ने कुरा उठ्यो । अब सरसल्लाह कसरी गर्ने भन्ने समस्यामा हामी कुरा गर्दै थियो । बीपी एक्कासी आउनुभयो ।
बीपीले भन्नुभयो, बम्बैमा हेल्थ चेक गर्नुभएको थियो । अघि एयरपोर्टमा थाहा पाए तपाईंलाई सञ्चो छैन भन्ने । तपाईंलाई भेटेर जाउन भनेर पसेको । बीपीसँग सल्लाह भयो बीपीले भन्नुभयो राम्रो कुरा हो । खुसी हुनुभयो । दार्जलिङबाट धर्मेन्द्र कोइराला खार्साङबाट शिव कुमार राई, आसामबाट डुयर्रसबाट सबै बोलाउनुहोला । यो समाहरोमा म पनि आउँछु भन्नुभयो । यो कार्यक्रम सारै सफल भयो ।
त्यो भानुजयन्तीको कार्यक्रममा भुपु प्रधानमन्त्री र साहित्यकार भएको नाताले बीपीलाई नै चिप गेस्ट बनाइयो । त्यस सभामा बीपीले प्रष्टरूपमा भन्नुभयो । कहिलेकाहीँ मलाई लाग्छ । राजनीति र साहित्य दुवै रूचिले म सफल हुन नसकेको हो कि ? तर, बीपी दुवैमा सफल हुन् । उनको राजनीति र साहित्यमा खोट लगाउने ठाउँ छैन । त्यो सबैलाई थाहा भएको कुरा हो ।
विशेष गरेर राजनीतिमा कतिपय भ्रम र असत्य आलोचना हुन्छन् । कतिकति जानीजानी गरिन्छन् । विशेष गरेर बीपीलाई कम्युनिस्टहरूबाट धेरै आलोचना खेप्नुप¥यो तर,बीपीले कम्युनिस्टलाई कहिल्यै गाली गर्नुभएन । कम्युनिज्म पनि एउटा सिद्धान्त र विचार हो । त्यहाँ पनि बलिदान र दुःख कष्ट गरेका मान्छे छन् । रोटी मात्रै समस्याको समाधान होइन । गाँस, बास, कपास मात्रै मानिसका समस्या होइनन् । ठूलो कुरा स्वतन्त्रता हो । समाजमा पच्ने सन्तुलित मर्यादित स्वतन्त्रता हो ।
दिल्ली सम्झौता धोका हो भनेर नेपालका कम्युनिस्टले धेरै गीत गाए, बीपीलाई दोष लगाए । तर त्यो दिल्ली सम्झौता भारतका प्रधानमन्त्री नेहरु, राजा त्रिभुवन र मातृका प्रसाद कोइराला बसेर गरे । २०१५ सालको चुनावमा राजालाई संसद् विघटन गर्ने धारा बीपीले दिएर चुनाव गराए भन्नेको पनि कमी छैन । संसद् बलियो भयो भने राजा नियन्त्रित भइहाल्छन् भन्ने बीपीको सोच थियो । तर, राजा महेन्द्र झन् धूर्त निस्किए । बीपीकै दायाँ र बायाँ हात भनिएका डा तुलसी गिरी र विश्वबन्धु थापालाई हात लिएर पुष १ गते १७ सालको काण्ड भयो ।
बीपी प्रवासमा रहँदा वाराणसीको सारानाथ बस्नुहुन्थ्यो । राजा वीरेन्द्रसँग उहाँ धेरै आशावादी हुनुहुन्थ्यो । लण्डन पढेका हुन् । संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको बारेमा राम्रो ज्ञान छ । नेपालको मोडल पनि त्यस्तैत्यस्तै हो । राष्ट्रिय एकताका लागि राजतन्त्र र विकासका लागि प्रजातन्त्र चाहिन्छ । यो कुरा हुन नदिन अडिग फर्मुलाअन्तर्गत कम्युनिस्टहरू राजाको नजिक पुगिसके ।
राजा वीरेन्द्रले राज्य विशेषमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरे । भारतले ठाडै अस्वीकार ग¥यो । बाँकी अन्तर्राष्ट्रिय जगतले राजतन्त्रलाई राणातन्त्रबाट जोगाएर शक्ति सत्ता दिलाउने नेपाली काँग्रेस नै हो । त्यो त प्रतिबन्धित छ । काँग्रेसका नेताहरू भारतमा शरण लिएर बसेका छन् । कतिपय जेलमा छन् । नेपाल कसरी शान्ति क्षेत्र हुन सक्छ ? भनेर आलोचना गरे ।
त्यसपछि २०३३ सालमा पटनामा काँग्रेसको सम्मेलन गरेर । बीपीले राष्ट्रिय मेलमिलापको पनि नारा दिएर त्यही नीतिअन्तर्गत नेपाल फर्कनुभयो । नारा थियो, पञ्चहरू काँग्रेससँग नतर्स । तर तर्सिने क्रम भने रोकिएन । बीपी अडिट फर्मुलाअन्तर्गत कम्युनिस्टहरू पञ्चायतमा प्रवेश गरेर पञ्चायत क्याप्चर गरिसकेका छन् भन्नुहुन्थ्यो । कम्युनिस्ट कमलराज रेग्मी त्यतिखेर गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्ष नै थिए । शैलेन्द्र कुमार उपाध्याय डीपी अधिकारीहरू, सरकारमै थिए । कमल थापा एन्ड कम्पनी मण्डलेहरू कम्युनिस्टहरूलाई नै सहयोग गर्थे । खेलकुद परिषद्को हालिमुहाली भएर शरचचन्द्र शाहको उखरमाउलो थियो । त्यही पनि वीपीको प्रयासले २०३६ सालमा जनमत संग्रह सकुशल सम्पन्न भयो । काँग्रेस पार्टीले हा¥यो । बामपन्थी नेता मनमोहन अधिकारीले धाँदली भयो भनेर विशेष गर्नुभयो । ‘नक्सलाइफ’ मदन भण्डारीहरूले पञ्चायतलाई नै सहयोग गरे । सुधारिएको पञ्चायत जनमत संग्रहपछि पनि सुधारिएन । भर्खरै काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनायो । माधव नेपालले लाहानको बीपीको भाषण सुनेको कुरा गरे । तिनले के बुझे होला बीपीको आवाजै थिएन । त्यतिखेर जनमत संग्रहमा मनमोहन अधिकारीले एउटै मञ्चमा कार्यक्रम गरौँभन्दा त मान्नुभएन । बहुदलबादीहरूको चिह्न निलो रङ थियो । पञ्चायतवादीहरूको पहेलो । नक्सलाइट माधव नेपालहरू पहेलपुर थिए ।
अब, बीपीका केही साहसिक निर्णयहरूको चर्चा गरौँ । बीपी त अन्तर्राष्ट्रिय समाजवादी संघको उपाध्यक्ष, सत्ताच्युत हुनुभएको थिएन भने बर्मामा पहिलो पटक भएको एसियाली समाजवादी सम्मेलनजस्तो सम्मेलन दोस्रो पटक नेपालमा गर्ने विचार थियो । केही दिन अगाडि शेरबहादुर देउवाजीलाई कृष्णप्रसाद भट्टराई र प्रदीप गिरीको नेपालमा एसियाली समाजवादी सम्मेलन गर्ने इच्छा थियो भने । क्यारे ! क्यारे ! भन्नुभयो । अब केही बोल्ड निर्णयको चर्चा गरौँ । बीपी प्रधानमन्त्री हुँदा चीनलाई राष्ट्र संघको सदस्यता दिनुपर्छ भन्ने एसियाको पहिलो व्यक्ति हुनुहुन्थ्यो । पछि प्रधानमन्त्री भएर चीन जाँदा माओत्सेतुङले त्यो गुन तिरे । सीमा समस्या र सगरमाथाको समस्या हल गरेर । माओ, बीपी, च्वोएनलाई तीन जना मात्र बसेर सीमा समस्या र सगरमाथा समस्या हल गरेका हुन् । इजरायलसँग दौत्य सम्बन्ध राख्नुहुँदैन भनेर भारतले विशेष गरेको थियो । त्यो कुरा बीपीले मान्नुभएन । चीन जाँदा पनि दिल्ली भएर जानु भन्ने नेरुको इच्छा थियो । बीपीले त्यो पनि मान्नु भएन । तर नेपालको दरबारिया षड्यन्त्र भने चिर्न सक्नुभएन । राजा वीरेन्द्र अन्तिममा बीपीको स्वास्थ्य प्रतिचिन्तित थिए । बीपी अलिकति बाच्न सकेका भए । राजा वीरेन्द्र र बीपीको एकता हुने थियो होला । आखिर वीरेन्द्रको परिवार नै सखाफ भयो । बीपीका सन्तान राजनीतिमा छन् । कोइरालाहरूको एउटा विशेषता के पनि छ भने । विराटनगर, जनकपुर, नेपालगञ्ज जहाँका पनि एक हुन्छन् । यो कोइरालाहरूको विशेषता हो । तर, बीपी कोइरालाजस्तो साहित्य र राजनीतिमा सन्तुलन मिलाउने नेता संसारमा कमै पाइन्छन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया