नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने
काठमाडौं । नेपाल नेत्रज्योति संघले बालबालिकाहरूको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । विश्व दृष्टि दिवसका अवसरमा संघअन्तर्गत देशभरमा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूमा आज बुधबार बालबालिकाहरूको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो ।
संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य संगठन र आईएपीबीले बाल आँखा स्वास्थ्यलाई प्राथमिकतामा दिएको छ । सोहीअनुसार संघले पनि बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जालबाट एक दिन बालबालिकाहरूको निःशुल्क आँखा परीक्षण गर्ने जनाएको छ । संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघद्वारा देशभरमा सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रहरूबाट १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिनेछ । ‘पछिल्लो समय विश्वभर नै बालबालिकाहरूमा दृृष्टिदोषको समस्या बढिरहेकाले पनि यो पटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइरहेका छौँ’ महासचिव चन्दले भने ।
नेपालमा करिब ११ लाख बालबालिकाहरूमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । यसमध्ये करिब सात लाख बालबालिकाहरू अझै पनि दृष्टिदोषको उपचारबाट बञ्चित रहेका छन् । पछिल्लो समय डिजिटल माध्यमहरूको बढ्दो प्रयोगले समेत बालबालिकाहरूमा दृष्टिदोषको समस्या समेत बढिरहेको संघका अध्यक्ष प्राडा चेतराज पन्तले बताए । ‘दृष्टिदोषको समस्या भएका बालबालिकाहरूले आँखा परीक्षणपश्चात चश्मा लगाएमा उनीहरूको उत्तीर्ण दरमा समेत ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनहरूले समेत देखाएकोे छ’ प्राडा पन्तले भने, ‘नेपालमा अधिकांश बालबालिकाहरू र उनीहरूका अभिभावकहरूलाई समेत बालबालिकाको आँखामा समस्या भएको जानकारी समेत हुँदैन ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया