Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीअस्ट्रेलिया जाने विद्यार्थीहरूको स्वास्थ्य परीक्षण अल्फा केयरमा हुने

अस्ट्रेलिया जाने विद्यार्थीहरूको स्वास्थ्य परीक्षण अल्फा केयरमा हुने


काठमाडौं । अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अस्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गतको प्यानल क्लिनिकको उद्घाटन गरेको छ । अल्फा बिटाले नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा सो क्लिनिकको उद्घाटन गरेको हो ।

अब उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने विद्यार्थीहरूको नयाँ बानेश्वरस्थित अल्फा केयरमै स्वास्थ्य परीक्षण हुने भएको छ । उक्त कार्यक्रममा अस्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम, अस्ट्रेलियाली दूतावासका प्रथम सचिव तथा कन्सुलर एडान बोरेहम, नयाँ दिल्लीस्थित क्यानडा उच्च आयोगकी वाणिज्यमन्त्री जेनिफर डाउबेनी, अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव सहभागी थिए । साथै, अल्फा बिटाले नेपालका विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरू लिएर अस्ट्रेलिया फेम ट्रिप आयोजनाको घोषणा गरेको छ ।

यस ट्रिपको मुख्य उद्देश्य अस्ट्रेलियामा रहेका विद्यार्थी, उनीहरूले अध्ययन गर्ने युनिभर्सिटीका बारेमा बुझ्नु रहेको छ । भ्रमण टोलीले अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ मेलबर्न, युनिभर्सिटी अफ न्यु साउथ वेल्स, म्याक्वायर युनिभर्सिटी, अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीका साथै अस्ट्रेलियाको डिपार्टमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङ मेलबर्नको स्टडीलगायतका विभिन्न अस्ट्रेलियाली सरकारी तथा अर्धसरकारी संस्थाहरूसँग भेटघाट गर्ने कार्यकम छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x