Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटिकटकको नेपालमा साना र मझौला व्यवसायी लक्षित कार्यशाला

टिकटकको नेपालमा साना र मझौला व्यवसायी लक्षित कार्यशाला


काठमाडौं । नेपालमा साना र मझौला व्यवसायलाई सशक्तीकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतिक्षित कार्यशाला सम्पन्न गरेको छ । ह्यास्ट्याग ग्रो विथ टिकटक मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफार्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो । दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मकरूपमा प्रदर्शन गर्न टिकटकका अद्वितीय सुविधाहरूको लाभ कसरी उठाउने भन्नेबारे जानकारी प्राप्त गरेका थिए । कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटकमार्फत् गर्न सकिने प्रवर्द्धनका विविध पक्षहरूलाई समेट्ने सत्रहरूको शृङ्खला प्रस्तुत गरेको थियो ।

सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियसन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको परिचय गराइएको थियो । उनीहरूले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायहरूले कायम र सम्भावित ग्राहकहरूसम्म पुग्न ठूलो लगानी गर्नुनपर्ने कुरा पनि बुझ्न पाएका थिए । सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा पनि जानकारी गराइएको थियो । सो कार्यक्रमले साना र मझौला व्यवसायका लागि एक बहुमूल्य नेटवर्किङ अवसर प्रदान गरेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x