अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा विस्तार
काठमाडौं । नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा विस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा विस्तार गरेको हो ।
युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको अल्ट्रभोइलेट नेपालका लागि केडिया समूहले साझेदारी गरी सञ्चालनमा ल्याएको हो । केडिया समूहले अन्तर्राष्ट्रियस्तरको अल्ट्राभोइलेट विस्तारगरी पूर्णरूपमा सञ्चालनमा ल्याएको छ । एफ७७ म्याच २ शीर्षस्तरीय १० दशमलव तीन किलोवाट एसआरबी सात लिथियम–आयन ब्याट्रीले सुसज्जित छ, यसले बेजोड दायरा र प्रदर्शन प्रदान गर्छ । उद्योगमा सबैभन्दा राम्रो एक प्रभावशाली आठ लाख किमी ब्याट्री वारेन्टीसँग ईभी क्षेत्रमा एक नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीले जनाएको छ ।
अल्ट्राभायोलेट भविष्यमा तयार हुने विद्युतीय वाहन प्लेटफर्म र ब्याट्री टेक्नोलोजीमा एक आविष्कारक समेत रहने कम्पनीले जनाएको छ । उड्डयन डीएनएसँग जोडिएको यो उद्यम २०१६ मा संस्थापक, नारायण सुब्रमन्यम र निरज राजमोहनद्वारा कल्पना गरिएको थियो । केडिया समूहले बिक्री वितरण गरिरहेको अल्ट्रभोइलेटको स्वरूम काठमाडौंको नारायणचौर, नक्सालमा अवस्थित रहेको छ । भारतमा पूर्णरूपमा कल्पना, डिजाइन र निर्माण गरिएका एफ७७ म्याच दुई अब काठमाडौंमा नयाँ उद्घाटन गरिएको यूभी स्पेस पोडमा खरिद र परीक्षण सवारीहरूको लागि उपलब्ध छ । यो ग्राउन्डब्रेकिङ मोटरसाइकलले विद्युतीय सवारी उद्योगमा नयाँ मापदण्ड बनाएको कम्पनीको दाबी छ । अल्ट्रभोइलेट युभी स्पेस पोडको विधिवतरूपमा केडिया समूहका अध्यक्ष मनोज केडियाले उद्घाटन गरेका थिए । सोही अवसरमा दुई जना ग्राहकलाई बाइकको चाबी हस्तान्तरण गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया