Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाभुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत

भुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत


काठमाडौं । कलाकार/फिल्म निर्माता तथा निर्देशक भुवन केसी शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावना दूत नियुक्त भएका छन् । शान्तिनगरस्थित कलेजमा हालै आयोजित कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कलाकार केसी र कलेजको तर्फबाट प्रबन्ध निर्देशक तरुणप्रताप शाहले हस्ताक्षर गरेका छन् । केसी चार वर्षका लागि शेफर्ड कलेजको सद्भावना दूत बनेका हुन् । सद्भावना दूतको रूपमा कलाकार केसी कलेजका विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सहभागी हुनेछन् । साथै, उनले आफ्नो सामाजिक सञ्जालमार्फत पनि कलेजको प्रवर्द्धन गर्ने समझदारी भएको छ । यसका साथै सम्झौता अवधिभर केसीको फिल्म निर्माता कम्पनी सुपर काजल फिल्म्सको ब्यानरमा बन्ने फिल्ममार्फत पनि शेफर्ड कलेजको प्रवर्द्धन गर्ने सहमति भएको छ ।

शेफर्ड कलेजका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले कलेजले स्नातकोत्तर तहमा नेपालमै पहिलोपल्ट सिनेमाको पढाइ शेफर्ड कलेजले सुरु गरेको जानकारी दिए । उनले प्रविधिको विकाससँगै विद्यार्थीहरूको रूचिअनुसार समसामयिक विषयहरू थप गर्दै लैजाने जानकारी दिए । सन् २००२ मा स्थापित शेफर्ड कलेज नेपालकै पहिलो र एक मात्र मिडिया टेक्नोलोजी कलेज हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले २०१० देखि स्नातकोत्तर तहको पढाइ सुरु गरेको हो ।

शेफर्ड कलेजमा ब्याचलर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) र मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी)को पढाइ हुन्छ । बीएमटी चार वर्षे र एमएमटी दुई वर्षे कोर्स हो । बीएमटीमा ४० जना र एमएमटीमा ३० जना विद्यार्थीले हरेक वर्ष भर्ना पाउँछन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x