Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा थ्रिडी सेक्युअर्ड कार्ड प्रदान गर्ने विकास बैंक

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा थ्रिडी सेक्युअर्ड कार्ड प्रदान गर्ने विकास बैंक


काठमाडौं । महालक्ष्मी विकास बैंक भिसा थ्रिडी सेक्युअर्ड कार्ड प्रदान गर्ने पहिलो बैंक बनेको छ । बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको हो । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।

यस सुविधा थप गरेसँगै ग्राहकहरूले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ, जसले गर्दा ग्राहकहरूको आफ्नो कार्डको विवरण अनधिकृतरूपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । यस प्रक्रियाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेजमार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ । यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरूलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास समेत बैंकले लिएको छ ।

बैंकका अनुसार ३ डी सुविधा थप गर्दा यो प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकाले ग्राहकहरू अनलाइनमार्फत हुने ठगीबाट बच्न सकिने, ग्राहकहरूको वित्तीय जानकारी सुरक्षित हुने साथै अनाधिकृत पहुँचबाट सुरक्षित हुने भएकाले ढुक्कसँग कारोबार गर्न सकिने, रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुने र विश्वभर रहेका हजारौँ इ-कमर्श वेभसाइटहरूले भिसा थ्रिडी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरू सजिलै स्वीकार गर्ने भएकाले ग्राहकहरूले जुनसुकै ठाउँबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सकिनेलगायतका फाइदाहरू हुनेछन् । यो कार्डको बारेमा थप जानकारी तथा सहायता आवश्यकता परेमा ग्राहक सहायता कक्ष तथा बैंकको नजिकको शाखा कार्यालयमा समेत सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब आठ लाख ग्राहकहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x