एनआरएनएद्वारा काभ्रेका बाढी तथा पहिरो प्रभावितलाई राहत
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित चार सय एक परिवारका लागि राहत वितरण गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरूलाई गैरआवासीय संघ केन्द्रको आह्वान तथा राष्ट्रिय परिषद् युकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरू वितरण गरिएको हो । स्थानीय तहसँग समन्वयपश्चात वडा नम्बर १ का एक सय २३ परिवार २ का ५३ परिवार ३ का २५ परिवार र १२ मा दुई सय परिवारलाई राहत वितरण गरिएको हो । यस्तै, संघले आइतबार काठमाडौंको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका एक सय २० परिवारलाई राहत वितरण गरेको थियो । संघले दक्षिणकालीका ५० परिवार र इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, हाइजिन किटलगायतका सामग्रीहरू वितरण गरेको हो । यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । यसअनुसार एनसीसी युकेले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।
सोहीअनुसार आइतबार पहिलो चरणमा दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा र सोमबार काभ्रेको पनौती नगरपालिकामा राहत वितरण गरिएको हो । यस्तै, ललितपुर ठोस्नेखोलामा पनि राहत वितरण गर्ने जनाइएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया