Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवरुद्ध सडक सुचारु भएसँगै पाथीभरामा तीर्थयात्रीको चहलपहल

अवरुद्ध सडक सुचारु भएसँगै पाथीभरामा तीर्थयात्रीको चहलपहल


फुङ्लिङ (ताप्लेजुङ) । सडक अवरुद्ध भएका कारण सुनसान जस्तै भएको पाथीभरा मन्दिर सडक मर्मत गरी सुचारु भएसँगै पछिल्लो समयमा पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ ।

लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् ।

पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको बताए । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि बुकिङ भइरहेको छ । दशैंको अन्तिम समयमा सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमनलाई स्वागत गर्दै उनीहरूको सुविधाका लागि तयारी गरिरहेका छन् ।

यही असोज १२ देखि लगातारको वर्षाका कारण विभिन्न खण्डमा यातायात ठप्प भएको थियो । हेंवाखोलामा बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङबीचको सिधा आवागमन बन्द भएको थियो भने तमोर करिडोरको नावाखोलामा पनि पानीको सहत बढेपछि यातायात सञ्चालन असहज बनेको थियो ।

नवरात्रको समयमा सडक अवरुद्ध हुँदा पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घटेको थियो । सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमन सुरुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पहिरोले रमिते र राजदुवाली खण्डमा सडक बगाएपछि यातायात पुनःसञ्चालनमा कठिनाइ आएको थियो । हाल अस्थायी रूपमा डाइभर्सन बनाइ सवारी आवागमन सुरु भएपछि यातायात र व्यापार–व्यवसायले गति लिन थालेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x