Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभोलिदेखि वीपी राजमार्गमा रुट अनुमति लिएका गाडीहरु चल्ने

भोलिदेखि वीपी राजमार्गमा रुट अनुमति लिएका गाडीहरु चल्ने


काठमाडौं। भोलि मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु वीपी राजमार्गमा चल्ने भएका छन् । बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बसहरु चलाउन खोजे पनि चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या भएका कारण साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको डिभिजन प्रमुख सीडीई सुमन योगेशले जानकारी दिए ।

वीपी राजमार्गमा साना सवारी साधन मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरिएको छ । भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम रहेको हुँदा रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x